कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषण टिठलाग्दो-प्रचण्ड

  • बुधबार, ११ मंसिर, २०७६
  • 1 year ago
  • नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाषण टिठलाग्दो भएको बताएका छन् ।

बुधबार कास्कीमा चुनावी सभालाई सम्बोधन गरेका प्रचण्डले सोही ठाउँमा चार दिन अघि मात्र देउवाले ‘प्रधानमन्त्री केपी ओलीसँग मिलेर भारतले नयाँ नक्सा जारी गरेको’ भनेकोप्रति कडा जवाफ दिँदै भने,‘यस्ता उटपट्याङ कुरा गर्न सुहाउँछ ? यो तालले कांग्रेस एकादेशको पार्टी हुनसक्छ ।’

हत्केलाले सूर्य छेक्ने कोशीश गरी देउवाले बयानबाजी गरेको बताएका प्रचण्डले भने,‘शेरबहादुरजीले झुठ बोल्नु भएको छ । यस्तो बेइमानी कुरा गर्न मिल्छ ?’

शान्ति सम्झौताका बेला गिरीजाप्रसाद कोइरालासँग हस्ताक्षर गरेको, कोइरालाले नेपाल तपाईको जिम्मा है भनेर राजनीतिक अभिभारा सुम्पिएको स्मरण गर्र्दै प्रचण्डले जोडे,‘गिरीजाप्रसाद कोइरालाको पार्टी यति तलसम्म गिर्छ, यस्तो बेइमानी कुरा गर्छ भन्ने म चिताउदिन ।’

देउवाको भाषणबाजीका कारण कांग्रेस प्रतिपक्षमा समेत बस्न लायक पार्टी नहराला भन्ने चिन्ता लागेको भन्दै प्रचण्डले भने,‘शान्ति सम्झौतामा हस्ताक्षर गरेको पार्टी कम्तिमा साह्रै तल नगिरोस् भन्ने चहान्छु । देउवाको त्यहि बेइमानी कुराले कास्की–२ मा विद्या भट्टराईको जीत सुनिश्चित भएको छ ।’


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा कोराना संक्रमण बढ्दो

  • 1 hour ago
काठमाडौँमा कोराना संक्रमण बढ्दो

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

  • 2 hours ago
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।

नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

  • 2 hours ago
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।



पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।