प्रचण्ड भन्छन् : सहमति कार्यान्वयन हुन्छ, हल्लाकाे पछाडि नलागाैँ
- नेपालीपत्र
- मंगलबार, ५ कार्तिक, २०७६
- 1 year ago
- राजनीति


पाँचथर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा र ओली आफूबीचको समझदारी महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुने बताएका छन् ।
कार्यकर्ता प्रशिक्षण कार्यक्रमको लागि मंगलबार पाँचथर पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओली र आफूबीच कुनै विवाद नरहेको बताए ।
‘पार्टी एकता गर्दाताका भएको सहमति कार्यान्वयनको क्रममा छन्’, उनले भने, ‘सबै समझदारीहरु महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुन्छन् ।’
पछिल्लो समय प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच दूरी बढेको आशंका गरिएको बेला प्रचण्डले त्यस्तो हल्लाको पछाडि नलाग्न समेत आग्रह गरे ।
उनले सोमबार मात्रै प्रधानमन्त्री ओलीसँग समग्र परिस्थितीलाई कसरी लैजाने भनेर दुई घण्टा छलफल भएको स्मरण गर्दै भने, ‘एउटा समझदारीमा फेरी अगाडि जाने संकल्प गरेका छौँ ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँमा कोराना संक्रमण बढ्दो
- 36 minutes ago

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु
- 46 minutes ago

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण
- 50 minutes ago

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
पर्यटन
आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।
जीवनशैली
यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।
विचित्र विश्व
दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।