शुक्रबारको विरोध सभाको मञ्चमा मधेसीमूलका नेतालाई स्थान नदिनु कमजोरी भयोः प्रचण्ड
- सोमबार, १२ माघ, २०७७
- 2 months ago
- राजनीति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शुक्रबार राजधानीमा भएको विरोध सभामा मधेसीमूलका नेताहरुलाई स्थान नदिनु कमजोरी भएको स्वीकार गरेका छन् । सोमबार पार्टी कार्यालय पेरिडाँडामा भएको पत्रकार सम्मेलनमा प्रचण्डले उक्त कमजोरीको स्वीकार गरेका हुन् ।
माघ ९ गते (शुक्रबार)को सभाको मञ्चमा मधेसीमूलका नेतालाई सहभागी गराइएको थिएन। साथै, वक्ताका रुपमा समेत मधेसी मूलका नेताले अवसर पाएका थिएनन्।
सरकारविरुद्धको प्रदर्शनपछिको विरोध सभामा मधेसी मूलका नेता सहभागी नहुनुमा कमजोरी भएको स्वीकार गर्दै प्रचण्डल अबका दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै प्रचण्डले उक्त कार्यक्रममा मधेसबाट भएको उपस्थितिले देशैभरि राम्रो सन्देश गएको दाबी गरेका छन् । प्रचण्डले मधेशबाट १३ हजार उपस्थिति भएको सम्बोधनको क्रममा भनेका थिए ।
त्यस्तै, प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जत्रो र्याली निकाले पनि त्यो पञ्चर्याली भएको नेकपा अध्यक्ष प्रचण्डले बताएका छन्। राजाहरूले पनि पञ्चहरूले पनि आफू ढल्नुभन्दा अगाडि पञ्चहरूले पनि आफू ढल्नुभन्दा अगाडि र्याली गर्ने गरेको सन्दर्भलाई जोड्दै यस्ता र्यालीको केही अर्थ नभएको बताएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य
- 3 minutes ago

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालल
पोखरामा थप ५५ जनामा कोरोना संक्रमण
- 11 minutes ago

पोखरा । पोखरामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार
होटल मेरियटमा ओली र नेपाल बिच वार्ता शुरू
- 13 minutes ago

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता शुरु भएको छ । एमाले बिभाजनको संघारमा पुगेको बेला दुई नेताबीच बुधबारको वार्तापछि आज पनि
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।