प्रचण्ड–नेपाल पक्षको प्रदर्शन र विरोध सभाको कारण काठमाडौँको यातायात प्रभावित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा विशाल जनप्रदर्शन गर्दैछ । काठमाडौँ उपत्यकासहित आसपासका जिल्लाहरुबाट समेत गरि १ लाख कार्यकर्ता सडकमा उतार्ने तयारी यो समूहको गरेको छ ।

 

यो समूहले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने बताएको छ । तर, आन्दोलनमा सरकारी पक्षबाट घुसपैठ गरेर विथोल्ने र हिंसात्मक बनाउने सक्ने भन्दै सचेत हुनुपर्ने बताएको छ ।

 

समितिका सहसंयोजक योगेश भट्टराईका अनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, शान्ति बाटिका, त्रिचन्द्र र बाल्मिकी क्याम्पसबाट जुलुस निस्कनेछ, जसको नेतृत्व स्थायी कमिटी सदस्यहरुले गर्नेछन् । त्यसपछि सबै जुलुस रत्नपार्कमा पुगेर मुल जुलुसमा सुरु हुनेछ, जसको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरुले गर्ने बताइएको छ ।

 

जुलस रत्नपार्क, पुतलीसडक, भद्रकाली हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ । सभामा शीर्ष नेताहरुले सम्बोधन गर्नुका साथै आगामी आन्दोलनका कार्यक्रम समेत घोषणा गरिने संघर्ष समितिले जनाएको छ ।

 

यो समूहले पर्यटन वोर्ड नजिकवाट उत्तर तर्फ विद्युत प्राधिकरण हुँदै रत्नपार्क, पुर्व तर्फ प्रदर्शनी मार्ग हुँदै पुतलीसडक र दक्षिण तर्फ भद्रकाली गरी तीनतिर फर्किएको मञ्च बनाएको छ। सोही कारण बिहानैदेखि सो क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको छ । विरोध सभास्थ वरपर सयौं स्पिकरहरु जडान भएका छन् । त्यस्तै, बिभिन्न स्थानबाट जुलुस सुरु भएको छ । जसले यातायातलाई प्रभावित बनाएको छ ।

 

प्रदर्शनको तयारी स्वरुप बुधबार काठमाडौँमा वृहत मोटरसाइकल र्यालीको आयोजना गरेको थियो । त्यस्तै, प्रदर्शनको लागि छिमेकी जिल्लाहरु धादिङ, गोरखा, नुवाकोट, रसुवा, काभ्रपलाञ्चोक, मकवानपुर लगायतबाट पनि कार्यकर्ताहरु ल्याउने तयारी भइरहेको छ । यसको लागि जिल्लाका नेताहरु सक्रिय रहेका छन् ।

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यो समूहले उक्त कदम असंवैधानिक भएको भन्दै आन्दोलन गर्दै आएको छ ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 4 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 4 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 4 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।