वायु प्रदुषण मधुमेहको मुख्य कारक
- आइतबार, १७ आषाढ, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । सन् २०१६ को अध्ययनमा हरेक सात मधुमेहका कारक तत्वमध्ये वायु प्रदुषण पनि एक भएको अमेरिकी अध्ययनले देखाएको छ ।
यसले दीर्घरोग विकास हुनसक्ने सम्भावनामा कम प्रभाव पार्ने देखिएपनि मधुमेह विकासमा कुनै न कुनै भूमिका भने खेल्ने अध्ययनले बताएको छ ।
मधुमेह खासगरी जीवनशैलीसँग सम्वन्धित खाना वा सन्तुलित आहार र शरीरलाई अधिक निष्क्रिय राख्ने बानीका कारण हुने बताइएपनि सेन्टलुइसस्थित वासिङ्टन यूनिभर्सिटी स्कूल अफ मेडिसिनले प्रदुषण पनि मधुमेहको मुख्य कारक रहने अध्ययनबाट देखिएको जनाएको छ ।
अध्ययनले अनुमान गरेअनुसार सन् २०१६ मा विश्वभर ३२ लाख मधुमेहका नयाँ विरामी प्रदुषणका कारण भएका छन् । यो उक्त वर्ष मधुमेहका विरामी सङ्ख्याको १४ प्रतिशत हो ।
“हाम्रो अनुसन्धानले वायु प्रदुषण र मधुमेहबीचको महत्वपूर्ण लिङ्क भेटाएको छ,” अध्ययन समूहका प्रमुख लेखक जियाद अल अलीले बताए । उनले भने, “प्रदुषणले शरीरको इन्सिुलिन उत्पादन गर्ने शक्तिलाई घटाइदिने गर्छ । यसबाट स्वस्थ शरीर कायम राख्नका लागि चाहिने रगतमा भएको ग्लुकोजको मात्रालाई शक्तिमा रूपान्तरण गर्नबाट रोक्छ ।”
लान्सेट प्लानेटरी हेल्थमा प्रकाशित अनुसन्धानले अमेरिकी वातावरण निकाय (इपिए) तथा विश्व स्वास्थ्य संगठनले सुरक्षित मानेको वायु प्रदुणणको मात्रामा पनि मधुमेहका लागि कारक मानिने प्रदुषणको तह भेटिने गरेको उल्लेख छ ।
यो महत्वपूर्ण छ किनकि धेरै उद्योगसँग सहकार्य गर्ने समूहले वायुप्रदुषणको अहिलेको तह मानवीय स्वास्थ्यका लागि उपयुक्त र प्रभावकारी मान्न सकिने बताएका छन् । उनले भने, “अहिलेको वायुको अवस्था आवश्यकता अनुसार सुरक्षित नभएको र यसलाई कडाई गर्नुपर्ने देखिएको तथ्यहरूले बताएका छन् ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
ठुलोभर्याङमा रहेको एटीएम फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ
- 9 minutes ago

काठमाडौँ । प्रहरीले ठुलोभर्याङमा रहेको एटीएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । नागार्जुन नगरपालिका– २ ठुलोभर्याङस्थित एनआइसी एशिया बैंकको एटिएम फोरेर रकम चोरी गर्न लागेको अवस्थामा एक
पोखरामा थप ९ जनामा कोरोना संक्रमण
- 16 minutes ago

कास्की । पोखरामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ मा नयाँ ट्वीस्ट, मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ जनाले हस्ताक्षर फिर्ता लिने
- 28 minutes ago

विराटनगर । प्रदेश १ मा नयाँ ट्वीस्ट देखिएको छ । केही दिन अगाडि मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन जना सांसद हस्ताक्षर फिर्ता लिने भएका छन् ।
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
विचित्र विश्व
चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।