पुराना राजनीतिज्ञ आचार्य सिकिस्त

काठमाडौँ । वरिष्ठ राजनीतिज्ञ तथा कथाकार  यज्ञप्रसाद आचार्य गम्भीर रुपमा अस्वस्थ भएका छन्  ।  मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंँको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यलाई अहिले फोक्सोमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ ।

 

जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लाको ते¥हथुमका लागि सत्याग्रही कमाण्डर बनेर नेतृत्व गर्ने हालसम्म जीवित एकाध व्यक्तित्वमा आचार्य पनि एक हुन् ।

 

राजपरिषद् स्थायी समितिका सदस्य पनि रहेका आचार्यका नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि आचार्यको योगदान रहेको छ । उनी विसं २०१६ देखि धरान नगरपालिकाको तीन पटक प्रमुखमा निर्वाचित भए । उनकै अगुवाइमा नेपालमै पहिलो पटक सामुदायिक बिजुली उत्पादनगृह (पावर हाउस) स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो । 

 

कथाकार आचार्यका तीन कथासङ्ग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे‘, जे भोगे‘’ प्रकाशित छ । धनकुटाको छथरस्थित तेलिया पिपलेमा विसं १९९० मा जन्मेका आचार्य प्रवेशिका र स्नात्तकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति भएको जनाइएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

  • 4 hours ago
काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

  • 4 hours ago
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

काठमाडौँ । नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण

  • 4 hours ago
नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। त्यस्तै सक्रिय संक्रमितको संख्या ४०,७७८ पुगेको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।