Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थभाटभटेनीमा किनमेल गर्दा कार जित्ने अवसर

भाटभटेनीमा किनमेल गर्दा कार जित्ने अवसर


काठमाडौँ । भाटभटेनी सुपरमार्केटले चाडपर्व लक्षित ‘ग्रेट भाटभटेनी कार्निभल’ नामक किनमेल अफर घोषणा गरेको छ । दशैं, तिहार र छठको अवसरमा भाटभटेनीमा किनमेल गर्नेले यस्तो अफरमा सहभागी हुनक्ने कम्पनीका कार्यकारी अधिकृत पानु पौडेलले बताए । पौडेलकाअनुसार २ हजार ५ सय रुपैयाँ बराबरको सामान किन्दा टाटाको टिगोर जित्ने अवसर मिल्नेछ ।

‘आफ्ना ग्राहकप्रति प्रतिबद्धता प्रदर्शन गर्ने पहलको रूपमा कार्यक्रमलाई लिइएको छ,’ पौडेलले भने ,‘ग्राहकले २५ सय वा सोभन्दा बढीको सामान खरिद गरेर कार्यक्रममा सहभागी हुन पाउनेछन् । विजेताले टाटा टिगोर गाडी जित्नेछन् । अरु पनि उपहार योजना छन् ।’

यस्तै, सेञ्चुरी ब्राण्डको ५ सय रुपैयाँ बराबरको प्रडक्ट खरिद गर्दा सुजुकी अल्टो टेन कार जित्न सकिने छ ।

ग्राहकहरूले देशभरका भाटभटेनीका शाखामा गएर २५ सय वा सोभन्दा बढीको सामान खरिद गरेर प्रवेश टिकटमा आफ्नो विवरण भर्न सक्नेछन् । सेञ्चुरीको हकमा पनि तोकिएको ‘लक्की ड्र बक्स’ मा सो टिकट हाल्नु पर्नेछ ।

युनिलिभरको २ हजार रुपैयाँ बराबरको वस्तु खरिद गर्दा स्कुटर, वाशिङ मेसिन, आईफोन १३ प्रो म्याक्स वा लिड टिभी उपहार जित्न सकिने पौडेलले बताए ।

दूध बाहेकका सिताराम दूधको वस्तु खरिद गर्दा वाशिङ मेसिन, फ्रिज, टिभी वा इण्डक्सन जित्न सकिने छ । कम्पनीले भाट भटेनीले चाडपर्व लक्षित अन्य छुट तथा सहुलियत अफर पनि घोषणा गरेको छ । जसअनुसार सबै प्रकारका गार्मेन्ट र फुटवेयरको खरिदमा ५ प्रतिशत डिजिटल डीस्काउन्ट पाइनेछ ।

ग्याँस स्टोभबाहेकका सबै प्रकारका विद्युतिय उपकरणमा ३२ प्रतिशत छुट पाइने छ । सन् २०२४ जनवरीको पहिला हप्ता सबै उपहारको ‘लक्की ड्र’ मार्फत विजेता ग्राहकको छनोट हुने पौडेलले बताए ।

कार्यक्रममा देशभर रहेका भाटभटेनीका २६ वटै आउटलेटमार्फत सहभागी हुन सकिने छ । यो योजना दसैँको घटस्थापना अर्थात असोजको २८ गतेदेखि पुस १५ गतेसम्म चल्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

हिमालयन बैंकको सीईओमा अशोक राणाले पाए निरन्तरता

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोकशमशेर राणाले निरन्तरता पाएका छन् । गएको चैत २७ गते बसेको

११ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायका अनुसार आइतबार प्रतितोला १ लाख ३९

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

Techie IT