प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

  • बिहीबार, ११ मंसिर, २०७७
  • 1 month ago
  • नेपाल

विराटनगर । ईलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

 

विभागिय मुल्य/मान्यता, आदेश/निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै विभिन्न जघन्य अपराधका फरार प्रतिवादी तथा अवैध लागुऔषध, चोरी, तस्करीमा संलग्न मानिसहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनिय  कार्य गरेकोले प्रहरी चौकी संक्रान्ति तेह्रथुम दरवन्दी भई इलाका प्रहरी कार्यालय बेलटार उदयपुरमा कार्यरत प्रहरी जवान बिबेक तामाङलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।  

 

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय  ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना खोप ५ दिनभित्र सबै प्रदेशमा पुर्‍याइने

  • 6 minutes ago
कोरोना खोप ५ दिनभित्र सबै प्रदेशमा पुर्‍याइने

काठमाडौं । भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप ५ दिनभित्र सबै प्रदेशमा पुर्‍याउने तयारी गरेको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप बिहीवार बिहान एयर इन्डियाको विमानबाट ने

सैफ-करीनाको झगडामा कसले भन्छन् पहिले 'सरी' ?

  • 11 minutes ago
सैफ-करीनाको झगडामा कसले भन्छन् पहिले 'सरी' ?

एजेन्सी । धेरैजसो भन्ने गरिन्छ कि जब पति पत्नीबीच झगडा विवाद हुन्छ तब पहिले पतिले सरी बोल्नुपर्छ । यो कुरा बलिउड जोडी करीना कपुर खान र सैफ अली खानको सम्बन्धमा मिल्दोजुल्दो छ ।

लिभरपुल बर्नलेसँग आफ्नै मैदानमा पराजित

  • 48 minutes ago
लिभरपुल बर्नलेसँग आफ्नै मैदानमा पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल बर्नलेसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा लिभरपुल आफ्नै मैदानमा बर्नलेविरुद्ध १-० गोलले स्तब्ध बनेको हो ।



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

बहुगुणी धनियाँ !

बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।