Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराष्ट्रियसभा निर्वाचनमा कोशीमा एमाले र राप्रपाबीच तालमेल

राष्ट्रियसभा निर्वाचनमा कोशीमा एमाले र राप्रपाबीच तालमेल


विराटनगर । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबिच तालमेल हुने भएको छ ।

सोमबारको छलफलपछि दुई दलबीच तालमेलको सैद्धान्तिक सहमति भएको कोशी प्रदेशसभामा राप्रपाका संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले जानकारी दिए ।

सहमतिअनुसार एमालेले राष्ट्रियसभा सदस्यको ‘अन्य’ पदमा राप्रपाका उद्धव पौडेललाई सघाउनेछ । राप्रपाले महिला पदमा एमालेकी रुक्मिणी कोइरालाका पक्षमा मतदान गर्नेछ ।

सत्तारुढ गठबन्धनले अन्यतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलामा माओवादी केन्द्रकी चम्पा कार्कीलाई उम्मेदवार बनाएको छ ।

प्रदेश र स्थानीय तहको गरी एमालेको कुल मत भार सर्वाधिक ४ हजार २४८ छ । यस्तै, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १,२७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार देखिन्छ ।

सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एस र जसपाको कुल मत भार हुन्छ, ५,४३६ रहेको छ । बाँकी रहेका एमाले राप्रपा र स्वतन्त्र सबै मिल्दा कूल मतभार ४ हजार ६९९ हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ: प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले रुसी सेनामा भर्ना भएका नेपालीको अवस्थाबारे परराष्ट्र मन्त्रालयले समितिमा जवाफ दिनुपर्ने माग गरेका

Techie IT