पोखराका पर्यटन व्यवसायी उत्साहित

Norvic Hospital
प्रतिकात्मक तस्बिर

पोखरा । मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि हवाई सेवा बन्द अवस्थामा छ । 

 

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले लामो समयको बन्दाबन्दीपछि सञ्चालनमा आउन लागेको  हवाई उडानले व्यवसायीमा उत्साह थपेको बताए  । “व्यवसाय सोचेजस्तो हुन अझै धेरै नै समय लाग्छ तर देश तथा विदेशमा नेपाल घुम्नका लागि नेपाल  खुला भयो भन्ने पु¥याउन सकेपछि आगामी दिनमा पर्यटकीय गतिविधिका सहयोग पुग्नेछ ।” उनले लामो समयको बन्दले व्यवसायीलाई धेरै तनाव थपेको र अब  व्यवसाय सञ्चालन भएपछि केही मात्रामा भए पनि तनाव कम हुने विश्वास व्यक्त गरे । 

 

उनका अनुसार  पोखरामा  हाल संस्थामा आबद्ध ट्राभल्स एजेन्सी १८१ र पर्यटक यातायात व्यवसायी ८६ छन् । त्यस्तै ट्राभल्स एजेन्सीमा एक हजार १२ तथा यातायाततर्फ ६५३ जनाले रोजगारी प्राप्त गरेका छन् । करीब तीन अर्ब लगानी भएको यस क्षेत्रमा सानाठूला गरी ४०० पर्यटकीय सवारी साधन छन् । यही असोज १ देखि पोखराका दैनिक दुई पर्यटकीय बस पोखराबाट छुटेका छन् । अहिले यात्रुको  सङ्ख्या जम्मा १० देखि १५ प्रतिशतमात्र रहेको उनको भनाइ छ ।  

 

फस्ट फ्लाइट ट्राभल प्रालिका  सञ्चालक जीवनराज सापकोटाले आन्तरिक उडान सञ्चालन हुन थालेपछि बुकिङ आउन थालेको बताए । “अब आशा छ सुस्ताएको पर्यटन व्यवसाय आन्तरिक उडानसँगै केही चलायमान हुनेछ र गति लिनेछ”,  उनले भने । उनका अनुसार यति र बुद्धले दिनको दुई उडान राखेको छ भने श्रीले अक्टुबर १ तारिखसम्म पोखरा उडानको सेड्युल राखेको छैन । 

 

त्यसैगरी पोखरादेखि भैरहवा, भरतपुरको उडान पनि अक्टुबर १ सम्म सेड्युलमा नभएको उनले जानकारी दिए ।  एयरलाइन्सले हवाई भाडा पनि नबढाई जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि  यात्रुलाई पनि सहज हुने उनको भनाइ छ । 

 

सोनिक ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक कुलचन्द्र शर्मा पनि सोमबारबाट सञ्चालन हुन लागेको आन्तरिक हवाई सञ्चालनले  व्यवसायप्रति आशा पलाएको जानकारी दिए । उनले फोनबाट बुकिङसमेत आएकाले बिस्तारै व्यवसायले गति लिनेमा आशावादी भएको उनको भनाइ छ  । उनले सोबबारदेखि उडान शुरु हुने भएपछि आन्तरिक उडानका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले बुकिङ खुलाएपछि आफूहरुले पछि टिकट बिक्री गर्न शुरु गरेको जानकारी दिए ।

 

कोभिड–१९ को असरलाई ध्यान दिएर सरकारले सञ्चालनको पहिलो साता आन्तरिक उडानका एयरलाइन्सलाई २५ प्रतिशतमात्र उडान अनुमति दिइएको छ ।  तर  वायुसेवा सञ्चालकले पूर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने अडान लिएका छन्  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका जहाजले शत्प्रतिशत यात्रु बोक्न पाउने निर्णय गरेपछि एयरलाइन्स कम्पनी सोमबारदेखि उडान सञ्चालन गर्न सहमत भएका हुन् । शुरुमा ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरिएकामा व्यवसायीले चर्को विरोध जनाएपछि शत्प्रतिशत यात्रु राखेर उडाउने निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय उडान भने गत भदौ १६ देखि सञ्चालनमा आइसकेको छ । 

 

छोटोलामा दूरीका सवारी साधन र अन्तर्राष्टिय र आन्तरिक उडान शुरु हुन थालेपछि छ महिनापछि पोखरा लेकसाइडका होटल तथा रेस्टुराँ व्यवसाय पनि खुल्न थालेका छन् । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनका अनुसार अहिले लेकसाइडका होटल आंशिक रुपमा खुलेको र बाँकी खुल्ने तयारीमा रहेको जानकारी दिए । पोखरामा सात सय पर्यटकीय होटल छन् भने सङ्घमा चार सय होटल आबद्ध छन् । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

  • 8 minutes ago
मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेटेका छन् । दमको समस्या बढेर आइतबार नर्भिक अस्पतालमा भर्ना भएका वैद्यलाई भेट्नको

यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • 25 minutes ago
यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै गरेको उक्त मौसमी प्रणालीको प्रभावल

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट डिस्चार्ज

  • 35 minutes ago
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट डिस्चार्ज

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । विरामी परेपछि उनलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्तपतालबाट उनी आइतबार डिस



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।