‘पर्यटन विकासका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक’

Norvic Hospital

कास्की । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । पोखरा पर्यटन परिषद्ले दसैँ, तिहार तथा छठका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बरालले पर्यटन आर्थिक समृद्धिको आधार भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन विकासमा जुट्न प्रदेश सरकार तयार रहेको बताए । 

 

उनले कोभिड– १९ को महामारीले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन पोखराको हिमा गृह, रत्न मन्दिरलगायत नयाँ पर्यटकीय गन्तव्य खुलाउन पहल गर्ने प्रतिबद्धता जनाए । उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पश्चात पर्यटकका लागि सुरक्षित गन्तव्यमा पु¥याउन फाष्ट ट्र्याकको आवश्यकता औँल्याउँदै यसमा ध्यान दिने बताए । 

 

पर्यटनलाई निर्वाहमुखी र तटस्थतावादी सोचबाटमाथि उठाउन जरुरी रहेका औल्याउँदै सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सफल पार्न निजी क्षेत्र र सरकारबीच छलफल गरेर कार्ययोजना तय गर्नुपर्नेमा उनले जोड दिए ।

 

उनले महामारीको सामना गरिरहेका व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट आवश्यक सहयोग नभएको गुनासोलाई सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले लेकसाइड पर्यटनको मुटु भएकाले यसलाई जोगाउनुपर्ने आवश्यता रहेको जनाउँदै पर्यटन मैत्री वातावरणका लागि तीनै तहको सरकारले ध्यान दिन जरुरी रहेको र्आँल्याए ।

 

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले पोेखराको पर्यटन चलायमान बनाउन सरकारले विशेष प्याकेजसहित कार्यक्रम ल्याउन आग्रह गरे । उनले पर्यटन आर्थिक समृद्धिको आधार भनेर भनिरहँदा पर्यटन क्षेत्रमा लगानी गर्न सरकारले चासो नदिएको बताए ।

 

कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष, पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोकर्ण कार्की, परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, सचिव तारानाथ पहारी लगायतले पर्यटन पुनरुत्थानको आवश्यता सम्बन्धी धारणा राखेका थिए ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 7 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 8 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 8 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।