पोखरा खानेपानी सुधार आयोजनाको काम सुरु

  • मंगलबार, १३ असोज, २०७७
  • 3 months ago
  • नेपाल

पोखरा । लगानीका हिसाबले मेलम्ची पछिको देशकै दोस्रो ठूलो पोखरा खानेपानी सुधार आयोजनाको काम पुनः सुरु भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीले यस आयोजनाको काम ५ महिनाभन्दा बढी समय ठप्प भएकामा अहिले १ जापानिज र ७० जना नेपाली मजदूरले काम सुरु गरेका छन् । अन्य जापानी प्राविधिक नहुँदा आयोजनाको काममा समस्या भएको छ ।

 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को ५ अर्ब अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा निर्माणाधीन आयोजनाको काम आगामी दसैंपछि भने पूर्ण क्षमतामा सुरु हुने जनाइएको छ । यही अक्टोबर २ तारिखमा जापानिज प्राविधिक आउने निश्चित भएपछि नेपाली र जापानी मजदूर तथा प्राविधिकहरुबाट आयोजनाको काम बन्दाबन्दीअघिकै गतिमा अघि बढ्ने भएको हो ।

 

परराष्ट्र मन्त्रालय तथा खानेपानी संस्थानबाट सहजीकरणपछि आयोजनाको जिम्मा लिएको जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’का मुख्य आठजना प्राविधिक आउने निश्चित भएको र नेपाल आएपछि क्वारेन्टिन लगायतका मापदण्ड पालना गर्नुपर्ने भएकाले दसैंपछि पूर्ण क्षमतामा काम सुरु हुने खानेपानी संस्थानका इन्जिनियर सन्तोषकुमार दासले बताएका छन् । उनले भने, ‘लकडाउनले ५ महिना आयोजनाको काम पूूरै रोकिएकामा भदौबाट इमर्जेन्सी मेन्टिनेन्सको काम नेपाली कामदारबाट भइरहेको छ । निर्माण व्यवसायीका प्राविधिक केही दिनमै आउने निश्चित भएकाले अब दसैंपछि आयोजनाको काम पूर्ण क्षमतामा अघि बढ्छ ।’

 

सन् २०२१ अगस्त ११ भित्रमा आयोजना सम्पन्न गर्नुपर्ने सम्झौता रहे पनि हालसम्म २५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । हालसम्म ५६ प्रतिशत प्रगति हुनुपर्नेमा बन्दाबन्दीले लक्ष्य पूरा गर्न चुनौती थपिएको बताइएको । खानेपानी सुधार आयोजनाअन्तर्गत हाल पोखरामा अप्रशोधित पानी वितरण भइरहेकामा मर्दी खोलाको पानी प्रशोधन गर्ने तथा वितरण लाइनको सुधार गर्ने योजना छ ।

 

सो आयोजना सम्पन्न भएपछि यसले समेटेको क्षेत्रमा चौबिसै घण्टा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलब्ध हुने खानेपानी संस्थानले जनाएको छ । जाइकाको अनुदान सहयोग तथा खानेपानी संस्थानले अघि बढाएको आयोजनाको विसं २०७६ जेठमा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले शिलान्यास गरेकी थिइन् । संस्थानले आयोजना निर्माणका लागि बोलपत्र आह्वान गरी काम अघि बढाएकामा जापानिज कम्पनीसँग निर्माण सम्झौता गरिएको थियो ।

 

पोखरावासीले पिउने पानीको प्रमुख स्रोत रहेको मर्दी खोलाको पानी शुद्धीकरणका लागि मुहान् नजिक ग्रिड चेम्बर र दैनिक ४ करोड २० लाख लिटर प्रशोधन क्षमताको सेडिमेन्टेसन ट्याङकी ९ढुंगा, बालुवा हटाउने पोखरी० निर्माण भइरहेको छ । सेडिमेन्टेसन पोखरीबाट प्रशोधित पानी २ किमी टाढाको पोखरा–१९ पुरुनचौरमा निर्माणाधीन ‘स्लो एन्ड फिल्टर’मा लगिनेछ । त्यहाँ पानी थप प्रशोधनका लागि चारवटा पानी थिग्र्याउने ट्यांकी तथा ६ वटा पानी छान्ने फिल्टर, २ वटा सफा पानी संकलन गर्ने ट्यांकी ९स्लोस स्यान्ड फिल्टर० र क्लोरिनेसन प्लान्ट निर्माणको काम भइरहेको छ । स्लोस एन्ड फिल्टरको ६० प्रतिशत काम सम्पन्न भएको बताइन्छ ।

 

पोखराको मुख्य बजार क्षेत्रमा प्रशोधित पानी वितरणका लागि तीनवटा ट्यांकी निर्माण भइरहेका छन् । फूलबारीमा निर्माण भइरहेको ट्यांकीको ८० प्रतिशत काम सकिएको छ । त्यसैगरी प्रस्र्याङको ५ प्रतिशत र कोलपाटनको २० प्रतिशत काम सकिएको इन्जिनीयर दासले जानकारी दिएका छन् ।

 

पानी वितरणका लागि बजारमा कूल ९६ किमी पाइपलाइन विस्तार गर्ने योजना छ । त्यसैगरी संस्थानले ७ हजार ३ सय धारा जडान गर्नेछ । संस्थानले छुट्टै १४ किमी पाइपलाइन विस्तारको कामसमेत अघि बढाएको छ । समग्रमा आयोजनाको ९० प्रतिशत जापानिज निर्माण कम्पनी र १० प्रतिशत कामको जिम्मा संस्थानको छ । केही स्थानमा पाइपलाइन विस्तार तथा धारा जडानको काम संस्थानको छ । सो कार्यका लागि अघिल्लो वर्ष १३ करोड लागतमा बोलपत्र आह्वान गरी काम भइरहेको संस्थालने जनाएको छ । संस्थाले आयोजनमा ४० करोड लगानी गर्नेछ ।

 

सन् २०१७ को फेब्रुअरी १५ मा सरकार र जाइकाबीच सो आयोजनासम्बन्धी सम्झौता भएको थियो । आयोजना निर्माणपछि पाइपलाइनमा पानीको चापमा सुधार भई पानी चुहावट नियन्त्रण भई आपूर्तिमा सुधार भएर महानगरको १९ वडाका ४ लाख ५ हजार ८ सय ८९ जनसंख्या लाभान्वित हुने अपेक्षा गरिएको छ ।

 

संस्थानका अनुसार पोखरामा चौबिसै घण्टा सहज पानी आपूर्तिका लागि दैनिक ६ करोड ५० लाख लिटर पानी आवश्यक पर्ने गरेकामा हाल ४ करोड हाराहारीमा मात्र आपूर्ति हुने गरेको छ । मर्दीखोलाको पानी नै पोखराको मुख्य खानेपानीको स्रोत हो । रासस


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

  • 7 hours ago
बिरामी, रोगी भएर औषधि खाँदै हिड्नु पर्ने नेताहरु बेमतलवको झगडामा अल्झेका छन्ः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुराना नेताले काम गर्न नसक्ने भन्दै सबै पार्टीका ७० वर्ष काटेका नेताले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व सुम्पन आग्रह गरेकी छिन् । प्रजातान्त्रिक विच

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

  • 7 hours ago
उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

  • 7 hours ago
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।