अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता हुने
- बुधबार, २५ चैत, २०७७
- 1 week ago
- साहित्य

काठमाडौँ । गैर आवासीय नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही मे १ तारिख अर्थात् बैशाख १८ गते आयोजना हुने भएको हो ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संयुक्त रुपमा पहिलोपटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।
प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी हुनेछन् । यस प्रतियोगितामा नेपाली भाषाको कवितामा पहिलो हुने एक जनालाई एक हजार डलरको पुरस्कार प्रदान गरिनेछ ।
यसैगरी दोश्रो हुनेलाई पाँच सय डलर र तेश्रो हुनेलाई तीन सय डलर पुरस्कार प्रदान गरिने छ । यस्तै अंग्रेजी भाषामा लेखिएको उत्कृष्ट एक कवितालाई दुई सय डलर पुरस्कार प्रदान आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता आयोजनाका लागि एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अनेसासले अनेसासका महासचिव एवं एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
समितिले यसअघि सार्वजनिक सूचना आह्वान गरी प्रतियोगितामा सहभागिताका लागि युवा सर्जकहरुलाई कविता माग गरेको थियो । सोही अनुसार गत जनवरी २५ तारिखभित्र प्राप्त भएका कवितालाई प्रतियोगितामा सहभागी गराइने आयोजक समितिका संयोजक साहित्यकार वाग्लेले जानकारी दिएका छन् ।
‘प्रवासमा रहेका बालबालिकालाई नेपाली भाषा, साहित्य तथा संस्कृति र नेपाली माटोको पहिचान तथा माया जगाउने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको हो’ संयोजक वाग्लेले भने ।
एनआरएनएका पूर्व कोषाध्यक्ष समेत रहेका एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले दुई संस्था सहकार्य गरेर पहिलोपटक यस्तो साहित्यिक र सिर्जनात्मक प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।
थापाका अनुसार, भर्चुअल (जुम) प्रविधि मार्फत आयोजना हुने प्रतियोगितात्मक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेती प्रमूख अतिथि रहने छन् । यसैगरी दोश्रो पुस्ताका एनआरएन साहित्यकारहरु, देशभित्र र प्रवासका नेपाली वरिष्ठ साहित्यकारहरुसहित एनआरएनए र अनेसासका पदाधिकारीहरु समेत सहभागी हुनेछन् ।
‘यस कविता प्रतियोगिताले अनेसास र एनआरएनए प्रवासमा नेपाली भाषा, साहित्यको विस्तार र समृद्धिमा नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा सँगै अगाडि जान सक्ने मार्ग प्रशस्त समेत गरेको छ’, अनेसास अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइलाले भने, ‘साथै दोश्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपाली भाषा साहित्यलाई माया गरिरहन प्रेरणा दिनेछ ।’
प्रतियोगिताका लागि विश्वभर छरिएर रहेका नयाँ पुस्ताका नेपाली मुलका सर्जकहरुको रचना प्राप्त भएको संयोजक वाग्लेले बताए । जसमध्ये निर्णायक समितिले नेपाली भाषाका उत्कृष्ट १० वटा कविता छनोट गर्नेछ भने तीन वटा कविता अंग्रेजी भाषाबाट छानिनेछ ।
छानिएका यिनै रचनाका सर्जकहरुलाई प्रतियोगितामा आ-आफ्ना कविता प्रत्यक्ष वाचन गराइनेछ । यसरी वाचन गरिएका मध्ये उत्कृष्ट तीन नेपाली र एक अंग्रेजी भाषाको कवितालाई निर्णायकहरुले विजेता घोषित गर्नेछन् ।
वरिष्ठ कवि बैरागी काइँला मुख्य निर्णायक रहने प्रतियोगितामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राध्यापक डाक्टर हेमनाथ पौडेल र डाक्टर विन्दु शर्मा निर्णायक रहेका छन् भने अंग्रेजी कविताको निर्णायकमा साहित्यकार महेश पौडेल रहेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन
- 4 hours ago

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए
- 5 hours ago

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए
- 5 hours ago

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।
पर्यटन
शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।
जीवनशैली
छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।
विचित्र विश्व
हरिद्वारमा कोरोना संक्रमण फैलियो, एक जना साधुको मृत्यु

एजेन्सी । कुम्भ नगरी हरिद्वारमा अप्रिल १४ मा भएको मुख्य शाही स्नानपछि कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । रिपोर्टका अनुसार कोरोना संक्रमित साधु सन्तहरुको लिष्ट अगाडि आउन थालेको छ ।