प्रज्ञा बालकविता महोत्सव सम्पन्न

काठमाडौं । राष्ट्रिय बाल दिवस–२०७८ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा भर्चुअल प्रविधिबाट ‘प्रज्ञा बालकविता महोत्सव–२०७८’ गरिएको छ । मुलुकभरका करिब ३५ बालबालिकाका कविता वाचन, कार्यपत्र प्रस्तुति तथा मन्तव्यसहित महोत्सव सम्पन्न भएको हो ।

 

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बालसाहित्यको प्रवद्र्धनका निमित्त बालकविता महोत्सव आयोजना गरिएको जनाउँदै बालबालिका नयाँ शिल्प र सिर्जनशीलताका साथ अगाडि आइरहेको बताए । उपकूलपति डा गुरुङले महोत्सवमा सहभागी बालबालिका अनेकन ताराबीचका २७ नक्षत्रजस्तै भएको बताए ।

 

प्रज्ञा बालकविता महोत्सव–२०७८ को औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका साहित्य (कविता/काव्य) विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले कस्तो उमेरका बालबालिका भन्ने सन्दर्भमा १८ वर्ष उमेर मुनिकालाई भन्ने कानुनले नै तोकेको र त्यो सङ्ख्या ४० प्रतिशत रहेको उनले उल्लेख गरे ।

 

प्रतिष्ठानका (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा देवी नेपालले बालसाहित्यको प्रवद्र्धनका लागि यो महोत्सव आयोजना गरिएको बताइन् । देशभरिबाट ४० बालबालिका छनोट गरिएको र त्यसमध्ये ३५ बालबालिका जोडिएर कविता प्रस्तुत गरेको उनले जानकारी दिइन् ।

 

नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले बालदिवसको परम्परामा पुनरावलोकन गर्नुपर्ने बताइन् । साहित्यकार प्रमोद प्रधानले ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्दै बालसाहित्यको इतिहास, नेपाली भाषामा बालसाहित्य, लोकसाहित्य, लिखित बालसाहित्य, नेपाली बालसाहित्यको विधागत स्थिति, बालसाहित्य कृतिमा गुणवत्ताको प्रश्न, उमेरअनुसारका रचना, बालसाहित्य सम्पादन, चित्राङ्कन, लेआउट, डिजाइन, मुद्रण प्रविधि, अन्य राष्ट्रिय भाषामा बालसाहित्य, बालपुस्तक बिक्रीको स्थिति, प्रज्ञा–प्रतिष्ठान र नेपाली बालसाहित्यजस्ता विषयवस्तुमा प्रकाश पारेका थिए ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताहरू मनोनयन गर्दै

  • 2 minutes ago
राष्ट्रपति बाइडेनले न्यायाधिवक्ताहरू  मनोनयन गर्दै

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशभर न्यायाधिवक्ताको कार्यालय सञ्चालनका लागि नौ वकिललाई मनोनयन गर्दैछन् । उच्च कानूनी पदमा मनोनयनका लागि विविध समूहबाट समावेशीरूपमा उमेद्वार छनोट अन्तिम चरणम

पाकिस्तानले बालबालिका लक्ष्यित कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने

  • 3 minutes ago
पाकिस्तानले बालबालिका लक्ष्यित कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने

एजेन्सी । पाकिस्तानले १२ वर्ष र सोभन्दा माथिका उमेर समूहका बालबालिकालाई लक्ष्यित गरी कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। यहाँका योजनामन्त्री असद उमारले मङ्गलबार उक्त घोषणा गरेका हुन् ।

संसद् गतिरोध अन्त्य गर्न एमाले अझै लचिलो देखिएनः कानुनमन्त्री कार्की

  • 14 minutes ago
संसद् गतिरोध अन्त्य गर्न एमाले अझै लचिलो देखिएनः कानुनमन्त्री कार्की

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘संसद्को गतिरोध अन्त्य’ गर्न आग्रह गरेका छन् । मन्त्री कार्की मंगलबार बिहान ले ओलीकै



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।