आमा मै हुँ तिम्रो कविता ...
- सोमबार, २ माघ, २०७९
- 2 months ago
- साहित्य

“जब म
कविता लेख्न बस्छु
मेरो छोराले
कलम खोस्छ
कापीमाथि आसन जमाउँछ
र
मौन भाषामा भनेझैँ लाग्छ
“आमा मै हुँ तिम्रो कविता ...”
माघे सङ्क्रान्तिको दिन बिहान पोखरेली साहित्यकारको जमघटका बीचमा कवयत्री सरस्वती श्रेष्ठ सरुले ‘मेरो कविता’ शीर्षकको यो कविताबाट आफ्नो एकल वाचन सुरु गरेकी थिइन् । पोखरेली साहित्यकारको साहित्यिक अभियान ‘पुछारसिटे अभियान’ पोखराद्वारा आयोजित एकल कविता वाचनको । कार्यक्रमको नाम नै थियो, ‘घ्यू, चाकु र तरुलसँग कविता’ पुछारसिटमा सरस्वती ।’
अभियानको यो एकल कविता वाचनको छैटौँ शृङ्खलामा कविता वाचकका रूपमा उनलाई उभ्याएको अभियानका संयोजक युवा साहित्यकार सञ्जीव पौडेलले बताए । कार्यक्रममा कवयत्री सरुले आफ्ना रचना वाचनसँगै बीचबीचमा आफ्नो कविता लेखन यात्रा, जीवन, तत्कालीन र वर्तमान समाजको अवस्थाबारे आफ्ना अनुभव र अनुभूति प्रस्तुत गरेकी थिइन् ।
झण्डै डेढ दर्जन बढी कविता वाचन गरेकी उनको
‘म’ शीर्षकको कवितामा
“तिमी बिहानै बिहानै
नहल्लाउनु दुबोको पात ।
ए हावा !
सुस्तरी छुनु फूलका पत्रहरूमा
सुस्तरी चाल्नू पाइलाहरू
म ढल्पलाउन सक्छु
पोखिन सक्छु ।
नानीहरू नरुनु पुतली च्यात्तिएको दुःखमा
आमाहरू नरुनु सन्तान परदेशिएको वियोगमा
म झर्न सक्छु आँखाको डिलबाट ।
चराहरू सुस्तरी चिरबिराउनु
आवाजले झस्किएर म पोखिन सक्छु
नठोकिनू पत्थरले पनि
मनको घडामा
म छचल्किन सक्छु
ठोकिनै परे फूल भएर ठोकिनु ।
सुस्तरी उघार्नु ढोका
धक्का नदिनु मलाई
म आज तरल भएकी छु
शीत, आँसु या यस्तै केही भएकी छु ।” उल्लेख छ ।
कार्यक्रममा नै कवयत्री श्रेष्ठले कवि लक्ष्मी थापा र रोशन तिमिल्सिनालाई आफ्ना एक एक वटा कविता वाचन गर्न दिएकी थिइन् ।
कार्यक्रममा अभियानका सल्लाहकार लक्ष्मण थापा, विम्बकवि रमेश श्रेष्ठ दीपक समिप, प्राज्ञ हरिदेवी कोइरालालगायत पोखरेली साहित्यकारको उपस्थिति थियो । अभियानअन्तर्गत असार १५ मा दही चिउरासँग कविता र माघ १ गते घ्यूउ चाकु र तरुलसँग कविता नाममा वर्षमा दुईपटक एकल कविता वाचन कार्यक्रम सञ्चालन गर्दै आइएको छ । अभियानले ओझेलमा परेका कवि तथा साहित्यकारलाई विभिन्न कार्यक्रमका साथ प्रस्तुत गर्दै आएको उनले बताए । रासस
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
जापानी प्रधानमन्त्री किशिदा दुई दिने भारत भ्रमणमा
- 7 minutes ago

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुगेका छन् ।
उपराष्ट्रपति यादवद्वारा पदबहाली
- 14 minutes ago

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनुपूर्व प्रधानमन्त्री प्रचण्डले के के भने ?
- 20 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले अविलम्ब शान्ति प्रक्रियाका सम्पूर्ण काम टुङ्ग्याउन सक्रियताका साथ लागेको बताएका छन् ।
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।