‘आजसम्म प्रधानमन्त्रीजी यस संसद्भित्र नदेखिनु उहाँमाथि रहेको सुरक्षा खतरा नै हो ?’
- दिलेन्द्र प्रसाद बडू
- बुधबार, १८ चैत, २०७७
- 1 year ago
- बिचार

सम्माननिय सभामुख महोदय, हाम्रो देशका प्रधानमन्त्री केपी ओलीजीले केही दिन अगाडि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बखत आफूमाथि भौतिक आक्रमण हुनसक्ने आशयको सार्वजनिक अभिव्यक्ति दिनुभएको छ । यसमा सत्यता कति छ ? यथार्थ के हो ? उहाँको सुरक्षामा गृहमन्त्रालयले थप के–के व्यवस्था अहिले गरिएको छ ? संसद् चलिरहँदा पनि आजसम्म प्रधानमन्त्रीजी यस संसद्भित्र नदेखिनुको कारण उहाँमाथि रहेको सुरक्षा खतरा नै हो ? अथवा नैतिक खतरा पनि महशुस गरिरहनु भएको हो ?
यदी सुरक्षा खतरा छैन भने प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्था र सुरक्षा क्षमतामाथि प्रश्न उठ्ने गरि यस्तो गैरजिम्मेवार असत्य तथा बनावटी अभिव्यक्ति किन दिनुभयो ? सभामुख महोदय, यथाशिघ्र स्वयं प्रधानमन्त्रीजीले वा गृहमन्त्रीजीले अथवा सरकारको प्रवक्ता ज्युबाट यसबारे संसद्लाई स्पष्ट गरिनुपर्छ । यथाशिघ्र स्पष्टिकरण दिनुपर्छ भन्ने माग गर्दछु ।
नेपाली कांग्रेसका सांसद् बडूले बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा राखेका भनाईहरु
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 4 minutes ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 28 minutes ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
- 53 minutes ago

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।