लकडाउनपछि हलमा पहिलो पटक रिलिज हुँदै मोदीको फिल्म

एजेन्सी । भारतमा कोरोना महामारीका कारण सिनेमा हलहरु बन्द छन् । 

अब भने १५ अक्टोबरबाट हलहरु खुल्ने भएका छन् । जसमा लकडाउनपछि सिनेमाघरमा पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म 'पीएम नरेन्द्र मोदी'  रिलिज हुने भएको छ ।

गतवर्ष नै रिलिज भइसकेको यो फिल्म एकपटक पुनः रिलिज हुन लागेको हो ।

अक्टोबर १५ का दिन भारतीय चलचित्र घरमा यो फिल्म पुनः देखाइनेछ । यसका लागि निर्माताले पुनः पोस्टर समेत सार्वजनिक गरिसकेका छन् ।

पीएम नरेन्द्र मोदी नामक चलचित्रमा विवेक ओबेरायले मोदीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा मोदीको जीवन यात्रा वर्णन गरिएको छ ।

फिल्म गत वर्षको मे २४ मा रिलिज भएको थियो । फिल्मले त्यती राम्रो प्रतिक्रिया पाएको थिएन । फिल्मलाई ओमंग कुमारले निर्देशन गरेका छन् । 

बाल्यकालदेखि प्रधानमन्त्री बन्नेसम्मको यात्रा भएकाले विवेक ओबरायलाई फिल्ममा फरक फरक नौ भूमिकामा देख्न सकिनेछ ।

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पोखरामा थप १९ जनामा कोरोना संक्रमण

  • 6 minutes ago
पोखरामा थप १९ जनामा कोरोना संक्रमण

पोखरा । पोखरामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार लाईफ केयर प्रालिमा गरिएको परिक्षणमा पोखरामा थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

  • 25 minutes ago
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्याल

चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

  • 32 minutes ago
चिसो मौसममा भुलेर पनि नगर्नुस् यस्ता कामहरु

काठमाडौं । चिसो मौसमको सिजन रहेको छ । चिसोबाट बच्न हामी विभिन्न उपायहरु अपनाउनुपर्छ । तर, चिसोबाट बच्न हामीले अपनाएका सबै उपायहरु हाम्रो जीवनका लागि फलदायि नै हुन्छन् भन्ने छैन ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली