सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छः प्रधानमन्त्री देउवा

Norvic Hospital

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बद्र्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन् ।

 

आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबद्र्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको बताएका छन् ।

 

सो सन्देशमा प्रधानमन्त्री देउवाले नेपालको पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रियस्तरमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चमार्फत् पर्यटन प्रबद्र्धन र सहकार्यका प्रयास पनि हुँदै आएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

 

पर्यटन क्षेत्र कोभिड–१९को सङ्कटबाट ग्रस्त रहेको, व्यवसायहरु जोखिममा रहेको र कर्मचारी तथा कामदारको आम्दानी गुमेको सन्दर्भमा सरकारले यस क्षेत्रलाई पुनरुत्थान गर्न शुल्क तथा कर छुट, कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिनेलगायतका नीतिगत व्यवस्था गरेको पनि प्रधानमन्त्री देउवाले सो सन्देशमा बताएका छन् । आ

 

गामी दिनमा पर्यटन क्षेत्रलाई जोखिम बहन गर्न सक्ने क्षेत्रका रुपमा विकास गर्न व्यवसाय बीमा, कामदार र कर्मचारीको सामाजिक सुरक्षा र पर्यटन जोखिम कोष व्यवस्थापनलाई प्रभावकारी रुपमा अघि बढाइएको उनको भनाई छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

  • 4 hours ago
बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

लण्डन । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।

विकास मेराग्लिया च्यासलमा आवद्ध

  • 5 hours ago
विकास मेराग्लिया च्यासलमा आवद्ध

काठमाडौँ । इटालीमा फुटबल खेल्दै आएका विकास मेराग्लिया ए डिभिजन क्लब च्यासल युथ क्लबमा आवद्ध भएका छन्। नेपाली मूलका विकासलाई च्यासलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आबद्ध गरेको हो।

Foreign video clips circulating on TikTok as Nepal floods

  • 5 hours ago
Foreign video clips circulating on TikTok as Nepal floods

With the video-sharing app TikTok hitting 1 billion monthly active users globally, misuse of the platform to spread lies and misinformation has also increased. After freak rains earlier this week wrea



पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।