दक्षिण कोरिया र सिंगापुरबीच हवाई यात्रा खोल्ने बारे छलफल

प्रतिकात्मक तस्बिर

एजेन्सी । दक्षिण कोरिया र सिंगापुरका अधिकारीहरुबीच आगामी जुलाईदेखि हवाई सेवा थालनी गर्ने बारेमा छलफल शुरु भएको छ । 

 

क्वारेन्टिनमा बस्न नपर्ने गरी दुई देशबीच सोझो हवाई उडान गर्ने सम्भावनाका बारेमा छलफल भएको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् । तर यस्तो हवाई यात्रा गर्न चाहने व्यक्तिले अनिवार्य रुपमा खोप लगाएको हुनु पर्नेछ ।

 

स्वास्थ्य अधिकारीहरुले यस्तै उडान ताइवान, थाइल्यान्ड र अमेरिकाका प्रशान्त क्षेत्रहरु गुवाम र सैपानमा शुरु गर्ने बारेमा कोरियाले प्रस्ताव पठाएका बताएका छन् । यी देशहरुले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि जारी गरेका प्रतिबन्धलाई खुकुलो बनाएकाले पनि हवाई उडान खोल्न लागेको बताइएको छ ।

 

दक्षिण कोरियाले हाल विदेशबाट आउने अधिकांश यात्रुलाई दुई साताको अनिवार्य क्वारेन्टिनको व्यवस्था गरेको छ ।

 

दक्षिण कोरियाका एक जना वरिष्ट स्वास्थ्य अधिकारी यून टाइहोले प्रारम्भमा प्रत्यक्ष उडानबाट आउने तर खोप लगाएका यात्रुलाई प्रवेश दिइने र उनीहरुका बारेमा अनुगमन गर्ने दायित्व ट्राभल एजेन्सीलाई दिइने बताए । क्वारेन्टिन बस्न नचाहने यात्रुले आफूले खोप लगाएको प्रमाण पेश गर्नुपर्ने तथा कोभिड–१९ परीक्षणमा नेगेटिभ देखिएको हुनुपर्ने पनि उनले जानकारी दिए ।

 

तर कोरोनाभाइरसको संक्रमण देखिएका देशसँगको उडान तत्कालै शुरु नहुने पनि उनले बताए । थाइल्यान्डमा हालैका साताहरुमा निकै ठूलो संख्यामा कोभिड संक्रमण फैलिएको छ र यहाँ दैनिक दुई हजारभन्दा बढी संक्रमित व्यक्ति फेला परेका छन् । 

 

सिंगापुर र ताइवानमा पनि केही क्षेत्रमा कोभिड संक्रमण देखिएको छ । 

 

बुधबारसम्म करिब ९२ लाख दक्षिण कोरियालीले कम्तीमा एक डोज खोप लगाएका छन् । यो संख्या कूल जनसंख्याको करिब १८ प्रतिशत हो ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महानगरको नीति तथा कार्यक्रम पारित

  • 4 hours ago
महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

महाकालीमा खतराको सङ्केत

  • 4 hours ago
महाकालीमा खतराको सङ्केत

दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ ।

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

  • 4 hours ago
१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली



पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।