‘पिरिम नलाउने’का गायक आशिषको ‘पानी बादलु’मा एलिशा, सरोज र आश्माको अभिनय

काठमाडौं । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी–पछ्यैरी’लगायतका चर्चित गीतका लोकप्रिय गायक आशिष सचिन (गौतम) को नयाँ गीत ‘पानी बादलु’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘पानी बादलु’ बोलको गीतमा आशिषसँगै रेश्मा पुनले स्वर दिएकी छन् । डान्सिङ शैलीमा तयार भएको गीतमा लोकप्रिय संगीतकार दीपक शर्माको शब्द तथा संगीत सृजना समावेश रहेको छ । सार्वजनिक गीतको भिडियोमा गायक आशिषसँगै मोडल एलिशा शर्मा, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको छ ।

 

साथै भिडियोमा पवन खतिवडा ‘म्याकुरी’ र खड्ग बहादुर पुन ‘खबपु’को पनि अभिनय देख्न सकिन्छ । पछिल्लो समयका चर्चित निर्देशक गम्भीर विष्टको निर्देशन, कन्सेप्ट तथा करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारी र टिमको छायांकन रहेको छ । निर्देशक विष्टकै कोरियोग्राफी रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । सुप्रिम पराजुलीको सम्पादन रहेको गीतको छायांकन अर्जुन तिवारी र उनको टिमले गरेको हो । जसको मिक्सिगं श्यामश्वेत रसाइलीले गरेका हुन् । भिडियोलाई ओएसआर डिजिटलले तयार पारेको हो । कोरोना महामारीको समयमा पनि आफ्ना फ्यानलाई दशैँ विशेष कोशेलीका रुपमा ‘पानी बादलु’को भिडियो दिन पाउँदा खुशी लागेको गायक आशिष बताउँछन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

  • 1 hour ago
नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा

निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

  • 1 hour ago
निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

एजेन्सी । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

  • 1 hour ago
पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

एजेन्सी । पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।