तलब होस् त यी सिइओहरुको जस्तो

Norvic Hospital

एउटा सिइओको वार्षिक आम्दानी कतिसम्म हुनसक्ला रु हरेक देशका आफ्ना आफ्नै नियम तथा कानुनहरु रहेका छन् । यस्ता कम्प्लेक्स संरचनाका कारण उनीहरुको आम्दानी हिसाब यति हो भन्ने छैन । 

 

तर केही यस्ता निजी कम्पनीहरु रहेका छन् जो आफ्नो सिइओको कमाइबारे खुलेर कुरा गर्छन् । समयसयममा उनीहरुको खर्च तथा आम्दानीहरु विभिन्न माध्यमद्धारा प्रकाशित तथा प्रसारण हुने गर्छन् । 

 

विश्वका धनी कम्पनीहरुमा पनि सिइओको तलवलाई लिएर प्रतिस्पर्धा हुने गरेको छ । उनीहरुको अनुभव तथा कम्पनीलाई लिडरसिप गर्न सक्ने क्षमताका आधारमा उनीहरुलाई यस्तो सुविधा दिने गरिएको हो । 

 

सर्वाधिक तलब खाने विश्वका १० सिइओ 

 

१. प्याट्रिक सुन–सिओङ, न्यान्टकेवेस्टः १४७.६ मिलियन अमेरिकी डलर

प्याट्रिक को हुन् रु दक्षिण अफ्रिकामा जन्मेका यी व्यक्तिलाई विश्वले तब चिन्यो जब यिनी सर्वाधानि तलब पाउने सिइओको पहिलो नम्बरमा परे । उनले १३२।२ मिलियन अमेरिकी डलर स्टक अप्सनमा रहेबाफत पाउने गरेका छन् भने १५ मिलियन अमेरिकी डलर न्यान्टवेस्टको रेसट्रिकटेड ब्लक बाट पाउने गरेका छन् । उनी बायोटेक कम्पनीका सिइओ हुन् ।

 

२. जोए कियानी, मासिमो कर्पोरेशनः ११९ मिलियन अमेरिकी डलर

इरानियन–अमेरिकन कियानी मासिमोः मेडिकल टेक्नोलोजी कम्पनीका सिइओ हुन् । उनले सन् १९८९ मा उक्त कम्पनीमा आवद्ध भएका थिए । 

 

कम्पनीको वेवसाइटले दिएको जानकारी अनुसार कियानी विगतमा असम्भव भनिएका कुराहरुलाई भविष्यमा यथार्थमा बदल्न र हरेक चुनौतीलाई सामना गरेर अगाडी बढ्न रुचाउँछन् । 

 

३. माइकल फ्राइज, लिभर्टी ग्लोबलः १११.९ मिलियन अमेरिकी डलर

३० वर्षिय माइकल भेटरान केवल इन्डस्ट्रीका सिइओ हुन् । लिभर्टी ग्लोबलले उक्त कम्पनी चलाउने गर्छ । उक्त कम्पनी भर्जिनिया मिडियाको माउ कम्पनी हो । 

 

४. सर मार्टिन सोररेल, डब्लुपिपिः ७०.४ मिलियन पाउण्ड 

ब्रिटेनका यी बोसलाई ब्रिटेनमा सबैभन्दा धेरै राम्रो तलब पाउने व्यक्तिमा गनिनन्छन् । सर मार्टिन सेररल एफटीएसइका १०० जना निर्देशक मध्ये दोस्रो धेरै तलब पाउने व्यक्तिको सुचीमा रहेको समेत बताइएको छ । १ लाख ९० हजार कामदारका लिडर रहेका यी सिइओलाई विभिन्न आलोचकहरुले आलोचना गर्दै आइरहेका छन् । 

 

५. सुन्दर पिचाइ, गुगोलः १००.५ मिलियन अमेरिकी डलर

उनलाई अझै पनि सोचे जस्तो तलब नदिएको मानिन्छ । सन् २०१५ मा उनलाई यो प्याकेज दिइएको हो । उनलाई १९९ मिलियन अमेरिकी डलर बराबरको सेयर हस्तानतरण गरिएको छ । आउने तीनवर्षका लागि उनले यस रकम लगानी गर्न सक्नेछन् । 

 

६. पाउल टाउबम्यान, पिजेटी पाटर्नसः ७५.४ मिलियन अमेरिकी डलर

वाल स्ट्रिट डिल मेकर, जसको आफ्नो विकिपेडिया समेत रहेको छैन । तर सन् २०१५ मा उनी सर्वाधिक तलब पाउने सिइओको सुचीमा परे । 

 

७. मारियो गाबेली, गामकोः ७५ मिलियन अमेरिकी डलर

मारियोजस्ता फाइनान्स बोसहरु कमै रहेका छन् । उनले सन् १९७७ मा गामको स्थापना गरेका थिए । उनी हाल मूख्य समाजसेवीको रुपमा परिचीत रहेका छन् । 

 

८. ग्रेगोरी माफेनी, लिभर्टी मिडिया एण्ड लिभर्टी इन्टरएक्टिभः ७३.८ मिलियन अमेरिकी डलर

जोन मलोनीको लिभर्टी सामराज्यलाई यहाँसम्म पुर्याउन सफल माफेनीको माइकल फ्राइज भन्दा कम तलब रहेको छ ।

 

९. मार्क म्याकलाफलिन, पालो अल्टो नेटवर्कः ६६ मिलियन अमेरिकी डलर

उनी सम्भवत अन्तिम साइबर सेकुरिटीबाट धेरै कमाउने निर्देशकमा पर्छन् । उनी भेरीसाइनमा समेत सिइओ भएर काम गरिसकेका छन् । 

 

१०. डेबिड हमामोटो, नर्थस्टार रियालिटी फाइनान्सः ६०.३ मिलियन अमेरिकी डलर

उनी पुर्व गोल्डम्यान स्याचर हुन् । उनको म्यानेजमेन्ट फिर्मले रियल स्टेटमा हेर्ने काम गर्छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

  • 9 hours ago
प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना ग

नेपाल र मरिससबीचको खेलमा सीमित दर्शकलाई प्रवेश दिइने

  • 10 hours ago
नेपाल र मरिससबीचको खेलमा सीमित दर्शकलाई प्रवेश दिइने

काठमाडौँ। नेपाल र मरिससबीच हुने मैत्रिपूर्ण खेलमा सीमित दर्शकहरुलाई रंगशाला प्रवेश गर्न दिइने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सीमित दर्शकलाई प्रवेश दिइने भएको हो। एन्फाका अनुसार स

क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता

  • 10 hours ago
क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ। राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। विभागले कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करो



पर्यटन

लाहाँ गाउँ

लाहाँ गाउँ

जाजरकोट । ठूला पहाडको बीचमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाको लाहाँ गाउँ । तल्लो डोल्पाको उच्च भागमा रहेको यो गाउँ पशुपालनको लागि उपर्युक्त मानिन्छ ।

जीवनशैली

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

काठमाडौं । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।

विचित्र विश्व

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

एजेन्सी । तपाईले यस्ता थुप्रै खानेकुराहरु सेवन गर्नुभएकै होला जुन सबैभन्दा फरक र अनौठो रहेको छ । तर आज ती खानेकुराहरु भन्दा पनि अनौठा ७ खानेकुराहरुबारे चर्चा गरौं जसलाई दखेर तपाई खानुको सट्टा उल्टी नै आउन पनि सक्छ । उक्त खानेकुराहरु भने त्यहाँका मानिसहरु विशेष मान्दै खाने गर्दछन् ।