यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने व्यक्तिहरु

एजेन्सी । धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।

 

पोस्ट ग्य्राजुएट गर्नको लागि धेरैले सोच्ने कुरा के हो भने प्रतिस्पर्धी जब मार्केटमा अगाडी कसरी अगाडी आउन सकिन्छ । मान्छेको लागि जे सुकै उत्प्रेरणा होस आफ्नो अध्ययनको लागि सहि विषय र क्षेत्र छान्नु भनेको धेरै चलाखीपुर्ण हुन सक्छ र यसले अन्तिममा राम्रो प्रतिफल दिन्छ ।

 

तर, केहीले भने विशुद्ध अध्ययनलाई नै ध्यान दिएर त्यसैभित्र आफ्नो करियर खोज्ने गर्छन् । यी दुईमा कुन बाटो ठिक भन्नेमा धेरैले आ–आफ्ना तर्कहरु पेश गर्न सक्छन् र विभिन्न रिसर्चमा पनि भिन्दाभिन्दै नतिजा आएका छन् ।

 

यदि तपाई पनि आफ्नो उच्च अध्ययनलाई लिएर साँच्चै दुविधामा हुनुहुन्छ वा के गर्ने आफुले केही सोच्न सक्नुभएको छैन भने यो सवैभन्दा कम उमेरमा पिएचडी गर्ने मानिसहरुको सूचीले तपाईलाई पक्कै पनि प्रेरणा दिन सक्छ र आफ्नो इच्छाहरुलाई साकार गर्न पक्कै सहयोग गर्नेछ ।

 

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० व्यक्तिहरु

 

अक्षय बैंकटेस–२० वर्ष

 

भारतिय मुलका अष्ट्रेलियन अक्षयले जम्मा २० वर्षको उमेरमा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयबाट पिएचडीको डिग्री प्राप्त गरेका हुन् । उनले म्याथम्याटिक्स विषयमा डिग्री प्राप्त गरेका हुन् । सन् २००२ मा २० वर्षको उमेरमै डक्टरेट गरेपछि यी युवा विद्धान हाल स्टानफोर्ड विश्वविद्यालयमा प्रोफेसरको रुपमा कार्यरत छन् ।

 

इरिक डेमैने–२० वर्ष

 

नोभा स्कोटियमा जन्मेका इरिक डेमैनेले १४ वर्षको उमेरमा आफ्नो स्नातक डलहाउस विश्वविद्यालयबाट सके भने युनिभर्सिटी अफ वाटरलुबाट कम्प्युटेशनल ओरिगामीमा आफ्नो पिएचडी २० वर्षको उमेरमै सकेका थिए । उनी २० वर्षको उमेरमै एमआइटीका सबैभन्दा कान्छो प्रोफेसर बनेका थिए ।

 

 चाल्र्स होमर हास्किन्स–१९वर्ष

 

चाल्र्स होमर हास्किन्स जम्मा १९ वर्षका थिए जब उनले इतिहास विषयमाजोन होप्किन्स विश्वविद्यालयबाट पिएचडी प्राप्त गरेका थिए । जोन होप्किन्स विश्वविद्यालयमा केही समय पढाए पछि उनी विन्सकोन्सिन विश्वविद्यालयमा प्रोफेसर भए पछि हार्वाडमा पनि प्रोफेसर भए ।

 

 जुलिएट बेनी १९वर्ष

 

जुलिएट बेनी १५ वर्षको उमेरमै कलेज सिनियर थिइन् र सन् २०१२ मा जम्मा १९ वर्षको उमेरमा नै उनले युनिभर्सिटि अफ क्यालिफोर्नियाबाट साइकोलोजीमा पिएचडी प्राप्त गरेकी थिइन् । अनुशासन, पढाइप्रतिको लगाव र समस्था समाधान गर्ने गुणले उनलाई १९ वर्षकै उमेरमा पिएचडी प्राप्त गर्न सहयोग गर्यो ।

 

 शो यानो १८ वर्ष

 

यानोले जम्मा ९ वर्षको उमेरदेखी नै कलेज पढ्न सुरु गरेका थिए। सन् २००९ माउनले मोलेकुलर जेनेटिक्स र सेल बायोलोजी विषयमा युनिभर्सिटी अफसिकागोबाट पिएचडी प्राप्त गरेका थिए ।

 

नोबर्ट विनेर १७ वर्ष

 

नोवर्ट विनेरले म्याथम्याटिक्समा ब्याचलर्स डिग्री सन् १९०९ मा १४ वर्षको उमेरमै प्राप्त गरिसकेका थिए। सन् १९१२ मा १७ वर्षको उमेरमै हावार्ड विश्वविद्यालयले उनलाई म्याथम्याटिकल लजिकमा पिएचडी प्रदान गरेको थियो ।

 

 रुथ लरेन्स १७ वर्ष

 

१३ वर्षकै कलिलो उमेरमा रुथ लरेन्सले स्न १९८५ माअक्सफोर्ड विश्वविद्यालयबाट स्नातकको डिग्री प्राप्त गरेकी थिइन् । उनले सन् १९८९ मा १७ वर्षकै उमेरमा म्याथम्याटिक्समा पिएचडी प्राप्त गरेकी थिइन् ।

 

 बलमुरली अम्बाटी १७ वर्ष

 

यी भारतियमुलका अमेरिकन अप्थामोलोजिस्टले सन् १९९५ मा १७ वर्षको उमेरमा माउन्ट सिनाइ स्कुल अफ मेडिसिन न्युयोर्कबाट डक्टरको उपाधि प्राप्तगरि विश्वकै कान्छो डक्टरको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत नाम लेखाउन सफल भएका थिए ।

 

किम उङ–योङ वर्ष १५

 

कल्पना गर्नुहोस कि तपाई तीन वर्षको उमेरमा विश्वविद्यालयमा अतिथि विद्यार्थीको रुपमा पढ्दै हुनुहुन्छ र आठ वर्षको उमेरमा नासाले रिसर्चको लागि बोलाएको छ । यो साँच्चै कल्पनाभन्दा पनि बाहिरको कुरा हो तर दक्षिण कोरियाका किम उङ–योङको भने वास्तविकता नै यस्तो छ ।

 

सन् १९६३ मा जन्मेका किमले १५ वर्षको उमेरमा पिएचडी प्राप्त गरेका थिए र उनले गिनिज बुक अफ वल्र्ड रेकर्ड पनि राखेका छन् सबैभन्दा धेरै आइक्यु भएको व्यक्तिको रुपमा ।

 

कार्ल विटे १३ वर्ष

 

सन् १८०० मा जन्मेका कार्ल विटे एक शैक्षिक लेखकका छोरा थिए । उनले आफ्नो हाइपोथेसिस छोरालाई काम गर्न लगाएका थिए पनि भनिन्छ । विटेले नौ वर्षको उमेरमै पाँच विभिन्न भाषाहरु बोल्न सक्थे । उनको यहि विलक्षण प्रतिभालाई नै युनिभर्सिटि अफगिसेनले १३ वर्षको उमेरमै उनलाई पिएचडी प्रदान गरेको थियो । उनको यो विश्व रेकर्ड आजसम्म कसैले पनि तोड्न सकेको छैन ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

  • 6 minutes ago
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौ । नेकपा एमाले स्थायी कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

  • 15 minutes ago
कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत चयन भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका

इन्द्रदहमा मेला

  • 1 hour ago
इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दह



पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।