पेरुमा चुलिएको संकट सुल्झाउन चुनावको प्रस्ताव

Global IME
Mega Bank
Norvic Hospital

लिमा । पेरुका राष्ट्रपति मार्टिन भिकाराले मुलुकमा जारी संस्थागत संकट सुल्झाउन आमनिर्वाचन घोषणा गर्न प्रस्ताव गरेका छन् ।

पेरुमा सन् २०२१ मा चुनाव हुनुपर्ने नियमित कार्यसूची भएपनि राष्ट्रपति मार्टिन भिकाराले सन् २०२० मै चुनाव गर्न प्रस्ताव गरेका छन् । विपक्षीको बहुमत रहेको संसदले भ्रष्टाचार नियन्त्रणमा सख्त कारबाही गर्नेगरी सुधारको कार्यक्रममा आवश्यक सहयोग नगरेपछि राष्ट्रपतिले उक्त प्रस्ताव गरेका हुन् ।

राष्ट्रपति भिकाराले संसदसँग हरेक विषयमा विवाद गर्नु परेको छ । स्थानीय संचार माध्यमले राष्ट्रपतिले पटकपटक संसद विघटन गर्ने चेतावनी दिँदै आएको बताएका छन् । उनले आगामी वर्ष जुनमा चुनाव गर्ने प्रस्ताव गरिरहेका छन् ।

पेरु सरकारमाथि जनताले निरन्तर अविश्वास गरेपछि पेरुका जनताले गत डिसेम्बरमा राष्ट्रपतिको सुधार प्रस्तावलाई जनमतसंग्रह मार्फत नै पक्षमा मतदान गरिसकेका छन् । राष्ट्रपतिको उक्त प्रस्तावमा सरकारभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने प्रस्ताव छ ।

तर, राष्ट्रपतिको प्रस्तावलाई संसदले अस्वीकार गर्ने बताइसकेको छ । पेरुको संविधानमा संसदको कार्यकाल पाँच वर्ष हुनेगरी तोकिएको छ । 

राष्ट्रपति भिकाराले सुधारका कार्यहरुमा गतिरोध उत्पन्न भएकाले संसदको कार्यकाल एक वर्ष छोट्याई सन् २०२० को जुलाई २८ बनाउन खोजेका छन् ।

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 3 hours ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 3 hours ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।