पेले भन्छन्: आशा छ, एकदिन हामीसँगै स्वर्गमा फुटबल खेल्नेछौं
- बिहीबार, ११ मंसिर, २०७७
- 1 month ago
- खेल

एजेन्सी । अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।
सन् १९८६ को विश्वकप अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्दा उनी प्रमुख खेलाडी थिए ।
म्याराडोनाका प्रवक्ता सेबास्टियन सान्चीले म्याराडोनाको हृदयघातका कारण बुधबार निधन भएको जानकारी दिए । ब्युनस आयर्सको एक अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिसकेपछि दुई हप्ता पहिले डिस्चार्ज भएर घरमै आराम गरिरहेका थिए ।
सन् १९८६ विश्वकप फुटबलमा म्याराडोनाले इङल्यान्ड विरुद्धको फाइनल खेलमा टाउकाले बल हान्नेक्रममा बलले हातलाई छोएको थियो, तर त्यही हातले छोएर भएको गोल सदर भयो । त्यही कारण उनको त्यो गोल गर्ने हातलाई “ह्यान्ड अफ गड” भनिन्छ ।
उनको निधनले आफु अत्यन्त दुखित भएको अर्का फुटबल लिजेण्ड पेलेले बताएका छन् ।
दुवै लिजेण्डहरु इतिहासका दुई ठूला फुटबल खेलाडीहरू मानिन्छन् र उस्तै नम्र पृष्ठभूमिबाट आएका छन्।
पेलेले भनेका छन्, 'मैले एक महान मित्र गुमाएको छु र विश्वले एउटा लिजेण्ड गुमाएको छ ।’
उनले अगाडि भनेका छन्,'अझ धेरै कुरा गर्न बाँकी छ, तर अहिलेको लागि, भगवान्ले उनको परिवारका सदस्यहरूलाई बल दिउन्। एक दिन, हामी आशा गर्दछौं, हामीसँगै स्वर्गमा फुटबल खेल्नेछौं।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट विजयी
- 1 minute ago

एजेन्सी । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्सविरुद्धको खेलमा दुई
कामपाले सबै विद्यालयलाई पुनः सञ्चालनको बाटो खोलिदियो
- 5 minutes ago

काठमाडौं । दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही म
गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप
- 11 minutes ago

कास्की । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा क
पर्यटन
सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।
जीवनशैली
पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।