भुलेर पनि नराख्नुहोस् यस्तो पासवोर्ड, ह्याक हुनसक्छ !
- बिहीबार, १४ आषाढ, २०७५
- 2 years ago
- प्रबिधि

इन्टरनेटमा बढ्दो ह्याकिङका कारण सबैले विचार पुर्याएरमात्र पासवर्ड हाल्ने गर्छन् ।
सुरक्षा चुनौती र गोपनियता भंग हुने डरले शक्तिशाली पासवर्ड हाल्ने चलन छ । तर एक शोधका अनुसार मानिसहरुले एकैप्रकारका पासवर्ड राख्ने गरेका छन् ।
सन् २०१६ मा सबैभन्दा बढी पासवर्ड छ वटा अंक रहेको शोधमा उल्लेख छ । रिपोर्टका अनुसार अधिकांश मानिसले १२३४५६ नै पासवर्डको रुपमा राख्ने गरेका छन् । जुन ६ क्यारेक्टरभन्दा नि कम हुन्छ । जसलाई इन्टरनेटमा कमजोर पासवर्डको रुपमा लिइन्छ । यस्ता पासवर्डहरु ह्याक गर्न सजिलो हुनेगरेको रिपोर्टमा उल्लेख छ ।
शोधकर्ताहरुले एक करोडभन्दा बढी सेक्युरिटी कोड्स समीक्षा गर्दा यस्तो तथ्य फेला परेको हो । १२३४५६७८९ वा qwerty किहरु सजिलै टाइप हुने भएकाले मानिसहरु यस्ता पासवर्ड राख्ने गर्छन् । तर सजिलै टाइप हुने यस्ता किहरु सुरक्षाको दृष्टिकोणमा सबैभन्दा कमजोर पासवर्ड हुने गरेको रिपोर्टमा उल्लेख छ ।
समीक्षामा भेटिएका अधिकांश पासवर्ड अंकमा रहेको रिपोर्टमा उल्लेख छ । जुन १२३४५६७८, ११११११, १२३४५६७८९०, १२३४५६७, पासवर्ड, १२३१२३, ९८७६५४३२१ जस्ता थिए ।
अमेरिकाको पासवर्ड म्यानजमेन्ट कम्पनीका अनुसार १७ प्रतिशत मानिसले १२३४५६ पासवर्ड राख्ने गर्छन् । त्यसैले अपरेटर्सले आफ्ना प्रयोगकर्ताका लागि शक्तिशाली पासवर्ड राख्ने जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने विज्ञहरुको भनाइ छ । जबमात्र इन्टरनेटमा बढ्दो अपराधलाई नियन्त्रण गर्न सकिन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण
- 3 hours ago
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनविरुद्धको आन्दोलनमा टाउको फुटाउन तयार रहेको बताएका छन् । आइतबार काठमाडौँमा भएको नेकपाको प्रचण्ड–नेपाल पक्षको अ
अष्ट्रेलिया र युट्युबको लागि बेचियो ‘डिसेम्बर फल्स’
- 3 hours ago

काठमाडौँ । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’को युट्युब र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी म
आगोले नै निभायो आगो
- 4 hours ago

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

काठमाडौं । डा. अमिरबाबु श्रेष्ठ थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका पूर्वनिर्देशक छन्। सोही अस्पतालमा कार्यरत डा. श्रेष्ठ गत कात्तिकमा कोरोनाबाट सङ्क्रमित भएपछि आयुर्वेदिक औषधिकै प्रयोग गरेर निको भए ।
विचित्र विश्व
भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी । भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।