श्री पशुपतिनाथ मन्दिर, प्लमस्टिड, लन्डनको निर्वाचनसम्बन्धी सुचना !
- बुधबार, ४ आषाढ, २०७६
- 3 years ago
- भिडियो

श्री पशुपतिनाथ मन्दिर, प्लमस्टिड, लन्डनको वार्षिक साधारणसभा तथा मन्दिर व्यवस्थापन समितिको निर्वाचन निम्न बमोजिम हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सुचना सम्प्रेषण गरिएको छ ।
साधारणसभा तथा निर्वाचन हुने स्थान, मिति र समय :
मिति : २३ जुन आईतवार
समय : दिनको १ बजे
स्थान : Charlton Assembly Room
Charlton Village London SE7 8UD
उम्मेदवारी आव्हान सम्बन्धमा :
आव्हान गरिएका पद तथा शुल्क :
अध्यक्ष : १
उपाध्यक्ष : १
महासचिव : १
सहसचिव १
कोषाध्यक्ष : १
सदस्य : ६
उम्मेद्वारी शुल्क
अध्यक्ष : £५००.००,
उपाध्यक्ष र महासचिव : £३ ००.००,
सहसचिव र कोषाध्यक्ष : £२५०.००,
सदस्य : £१००.००
उम्मेद्वारी दर्ता सम्बन्धमा :
व्यवस्थापन समितिको पदाधिकारी तथा सदस्यको उम्मेदवार हुन चाहने ईच्छुक व्यक्तिहरुले निम्न प्रक्रिया र तालिका बमोजिम निर्वाचन समितिको कार्यालय 320 Shooters hill Road लण्डन, SE18 4LT मा निर्वाचन समितिले उपलब्ध गराएको फाराम रित पूर्वक भरी जुन १८ मंगलबार साँझ ५ बजे भित्र आइपुग्ने गरी हुलाकमार्फत पठाउनु पर्नेछ । उम्मेदवारी शुल्क भुक्तानी नगद अथवा मन्दिरको खातामा बैंक ट्रान्सफर मार्फत गर्न सकिनेछ ।
उम्मेद्वारी फाराम निर्वाचन समितिको कार्यालय अथवा मन्दिर परिसरमा उपलब्ध गराइनेछ ।
पशुपतिनाथ मन्दिरको उम्मेदवार हुनको लागि मन्दिरको विधानले तोके बमोजिमको रित पुगेको व्यक्ति हुनु पर्नेछ ।
निर्वाचन र उम्मेद्वारी सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार निर्वाचन समितीमा निहित हुने छ ।
निर्वाचन मताधिकारको लागि मन्दिरको ट्रस्टी तथा आजीवन सदस्यहरु स्वत योग्य हुनेछन । साधारण सदस्यको हकमा जुन १८ तारिख भित्र साधारण सदस्यता लिइसकेका व्यक्ति मात्र मताधिकारको लागि योग्य मानिने छ ।
दावी विरोध तथा अन्तिम उम्मेद्वारी सम्बन्धमा :
कुनै उम्मेदवार माथिको दावी विरोध १९ जुन बुधबार सम्म निर्वाचन समितीमा सप्रमाण पठाईसक्नु पर्ने छ ।
उम्मेद्वारको अन्तिम नामावली २० जुन विहिबार ५ बजे प्रकाशन गरिने छ ।
निर्वाचन सम्बन्धि कार्यतालिका सुचना र सम्पूर्ण अपडेटहरु मन्दिर परिसरको सूचना बोर्ड, मन्दिरको आधिकारिक फेशबुक पेज र भाईबर ग्रुप लगायतका स्थानमा प्रकाशन र सम्प्रेषण गरिने छ ।
निर्वाचनसम्बन्धी थप जानकारी निर्वाचन समितिका सदस्य तथा वर्तमान मन्दिर व्यवस्थापन समितिको पदाधिकारी तथा सदस्यहरु मार्फत प्राप्त गर्न सकिने छ ।
साधारणसभाको दिन निर्वाचनको तालिका साधारणसभास्थलमा समेत प्रकाशन गरिनेछ ।
होम शर्मा
निर्वाचन समिति संयोजक
०७८५९०२१०७४
ईमेल : homsharma@gmail.com
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कारमा राखिएको ९० किलो गाँजासहित २ जना पक्राउ
- 2 minutes ago

पर्सा। पर्साको वीरगञ्जमा कारका राखिएको ९० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ को बाटो हुँदै ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना पाएपछि
बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानबिन हुने
- 7 minutes ago

काठमाडौँ। बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानबिन हुने भएको छ। अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै विवादमा परेका अर्थमन्त्री जनार्दन शर
ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट
- 22 minutes ago

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।