काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् । 

हनुमानढोकादेखि स्वयम्भू विश्वसम्पदा क्षेत्रको सम्पदा पदमार्ग पुनःस्थापना कार्यक्रमअन्तर्गत विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं ‘हनुमानढोका डोरवे टु नेपाल्स हिस्ट्री कल्चर’नामक पुस्तक विमोचन कार्यक्रममा उनले विकासका नाममा काठमाडौँका सांस्कृतिक संरचना भत्काउन नहुने धारणा राखे।

पर्यटनमन्त्री श्रेष्ठले भने, “काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्वपूर्ण रहेको छ । बाटो साँघुरो छ भनेर सरहका पुराना घर भत्काइनु हुन्न । पहिलेका भौतिक संरचनाको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्व रहन्छ, त्यसैले काठमाडौँलाई पर्यटकीय नगरी बनाउनुपर्छ ।”

उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि मन्त्रालयले पर्यटन दशक घोषणा गरेको जानकारी दिँदै पर्यटनबाट देशको अर्थतन्त्रलाई बलियो बनाएर बढीभन्दा बढी  रोजगारी सिर्जना गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

समाजले आधुनिकताका नाममा पुराना संस्कृतिलाई भुल्दै जान थालेकामा चिन्ता व्यक्त गर्दै मन्त्री श्रेष्ठले मन्त्रालयले पुरानै शैलीमा संरचनाको स्थापना गर्ने योजना बनाएको बताए ।

हनुमान ढोकादेखि स्वयम्भूसम्म दुई दशमलव दुई किलोमिटरको सम्पदा मार्ग निर्माण गर्न लागिएको हो । पर्यटकलाई शान्तिपूर्णरुपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदा मार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले जानकारी दिए। 

उक्त  सम्पदा मार्गमा सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिनेछ । पुरातत्व विभागले सम्पदा निर्माण गर्नेछ भने मन्दिर निर्माणलगायत संरचना सहरी विकास मन्त्रालयले काम अघि बढाउनेछ । सम्पदामार्गको विद्युतीय तारको भूमिगत व्यवस्थापन प्राधिकरणले गर्नेछ । सम्पदामार्गमा पर्ने पुल निर्माण पर्यटन विभागले बनाउने जनाइएको छ ।

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 1 hour ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 1 hour ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।