भरतपुर अस्पतालसंग जमिन छ, पार्किङ छैन

रासस

चितवन । कार्यालय समय अगाबै यहाँस्थित भरतपुर अस्पताल अगाडिका सडक पार गर्न मुस्किल पर्दछ । सडकका दायाँबायाँ सवारीसाधनले भरिएका हुन्छन् । बिरामीलाई मात्र होइन, सर्वसाधारणलाई सडक पार गर्न कठिन हुन्छ । ट्राफिक प्रहरीलाई दैनिक बिहानी समयमा सवारीका सधानलाई व्यवस्थित गर्न हम्मेहम्मे पर्छ ।  अस्पताल नजिकै बाइपास सडक पर्दछ । सडकमा भीडभाड बढी हुने भएपछि त्यति बेलाका समयमा सकेसम्म मानिसले वैकल्पिक सडक प्रयोग गर्ने गर्दछन् ।

 

अस्पतालसँग ३१ बिघा जमिन छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अन्य सङ्घ संस्थालाई भाडामा लगाएर पनि अस्पतालसँग १२ बिघा जमिन छ । अस्पतालको आबास क्षेको पूर्व तर्फ भूभाग धानबारी र झाडीले भरिएको छ  । अस्पताल प्रशासनले चासो नदिएकै कारण पार्किङ नभएको हो ।

 

अध्यक्ष डा अधिकारीका भनाइमा चिकित्सक, कर्मचारीका लागि प्रशासन अगाडि र दुई नम्बर गेटमा सवारी पार्किङ छ । साँघुरो र थोरै सवारी अट्ने भएकाले त्यहाँ पार्किङ खासै गरिएको पाइँदैन । सर्वसाधारणका लागि पार्किङ नभएको स्वीकार गर्दै उनले सडक छेउको नहर पुरेको ठाउँमा केही व्यवस्थित गर्न लागिएको जानकारी दिए ।

 

अस्पतालका चिकित्सक, कर्मचारीको मात्र एक सय भन्दा बढी चारपाङ्ग्रे सवारी रहेका बताइएको छ । अस्पतालमा ७५० कर्मचारी कार्यरत छन् । अस्पतालले  दैनिक एक हजार ९०० जनासम्म  बिरामीलाई सेवा प्रदान गर्ने जनाइएको छ । अस्पतालमा चिकित्सक र कर्मचारी सरहनै सवारीसाधन आउने गर्दछन् ।  अस्पतालमा एम्बुलेन्स आवतजावत् गर्ने गर्दछ । ती सवारीका लागि पार्किङ्को व्यवस्था पूर्ण हुन नसकेको स्वीकार गर्दै अध्यक्ष डा अधिकारीले यस विषयमा छलफलमानै रहेको बताए ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक ज्ञानबहादुर बराकोटी अस्पताल अगाडिको पार्किङ व्यवस्थापन समस्या हुने गरेको बताउँछन् । उनले भने, “कहिलेकाहीँ त व्यवस्थापन गर्ननै मुस्किल पर्दछ ।” प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सो बाटो प्रयोग गरेर जाँदा आफूले पनि अव्यवस्थित पार्किङ देखेर ट्राफिक प्रहरीलाई भनेको जानकारी दिए । अस्पतालले ठाउँ व्यवस्थापन गरेर आफ्ना चिकित्सक, कर्मचारी र सेवाग्राहीलाई पार्किङ व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बैंकिङ कसुर मुद्दामा फरार खत्री पक्राउ

  • 1 minute ago
बैंकिङ कसुर मुद्दामा फरार खत्री पक्राउ

खोटाङ । नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला

  • 7 minutes ago
पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला

दोलखा । दोलखाको बिगु गाउँपालिका–४ लादुकस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ ।

हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

  • 20 minutes ago
हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

एजेन्सी । हाइटीमा आउँदो महिनामा हुन गइरेहको निर्वाचन र संवैधानिक जनमतसंग्रह अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन प्रशासनका सदस्यहरुलाई सोमबार बर्खास्त गरेपछि निर्वाचन र जनमत सङ्ग्रह अनिश्चित



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।