परेवा संरक्षण गर्दै गाउँपालिका

  • सोमबार, १० कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको छ । गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्मत सम्भार तथा त्यहाँ रहेका परेवाको संरक्षणका लागि गाउँपालिकाले समिति नै गठन गरेको हो । 

 

यस्तै परेवा मार्ने वा नास्ने काम गरे जरिवाना गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ । यासोक बजारमा रहेको परेको गुँड संरक्षण, परेवाको संरक्षण, परेवालाई दाना व्यवस्थापनलगायत कार्य गर्न गाउँपालिकाले पशुपक्षी विकास शाखाका प्रमुख कोविद सुब्बाको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरेको छ भने गाउँपालिका उपाध्यक्ष सीता आचार्यको संयोजकत्वमा चार सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । 

 

गठित समितिले दैनिक दुई पटक चारो हाल्ने, परेवाको रेखदेख गर्ने, विक्री वितरण तथा मास्ने कार्य रोक्ने जिम्मेवारी पाएको छ । परेवा मारे वा घाइते बनाए रु ५०० जरिवाना गर्ने अधिकारसमेत सोही समितिले पाएको गाउँपालिकाको पशुपक्षी विकास शाखाका नायव प्राविधिक सहायक जीवन खड्काले बताए । परेवाको संरक्षण र आहारका लागि दानपेटिका समेत राखिएको छ । उक्त दानपेटिकामा हालसम्म रु छ हजार २५५ सङ्कलन भएको छ । परेवाको सङ्ख्या अत्यधिक हुने भएकाले परेवाका बच्चा भने विक्री गर्न दिइएको छ । परेवाका बच्चाको प्रतिजोडी मूल्य रु २५० तोकिएको छ । 

 

यासोक बजारको दुईतर्फ कुम्मायक र कुस्सायक धार्मिकस्थल रहेका छन् । यहाँ दर्शनार्थीले उडाउने परेवा संरक्षणका लागि विसं २०२३ मा परेवाको गुँड स्थापना गरिएको थियो । हालसम्म उक्त गुँड र परेवा संरक्षणको काम स्थानीयवासीले गर्दै आएकामा पछिल्लो पटक गाउँपालिकाले उक्त कार्यको जिम्मेवारी लिएको हो । संरक्षण अभावमा गुँड जीर्ण बनेको थियो भने परेवा मासिने अवस्थामा पुगेका थिए । यासोकमा रहेको परेवाको गुँड यहाँ पुग्ने पर्यटकहरुको आकर्षणमा पर्ने गरेको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 39 minutes ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 45 minutes ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 48 minutes ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।