अभिनेत्री परिणीति चोपडाले भनिन्, ‘बिहे गरेँ भने खुसीसाथ घोषणा गर्नेछु’
- सोमबार, २ पुष, २०७५
- 2 years ago
- कला र मनोरञ्जन

काठमाडौं । अंग्रेजी वर्ष २०१८ मा बलिउडमा बिहेको राम्रो साइत जु¥यो, जहाँ केही महिना अघि अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण बैबाहिक बन्धनमा बाँधिए । त्यस्तै केही साता अघि मात्रै अर्की बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि अमेरिकन चर्चित गायक निक जोन्ससँग लगन गाँठो कसिन् ।
अर्को तर्फ चर्चित कमेडियन कपिल शर्माले पनि केही दिन अघि मात्रै विवाह गरेका छन् । यसरी बलिउडमा बिहेको चटारो चलिरहँदा अर्की अभिनेत्री परिणीति चोपडाको विहेको समाचार पनि भाइरल बनिरहेको छ । एक न्युज पेपरले अभिनेत्री परिणीतिको बिहेको कथित समाचार प्रकाशन गरेपछि भाइरल बनेको हो ।
यसरी आफ्नो बिहेको झुटो समाचार प्रकाशनपछि अभिनेत्री परीणीतिले आफ्नो ट्वीटर अकाउन्टमा ट्वीट गर्दै भनेकी छन्, ‘बिलकुल निराधर र असत्य । मैले बिहे गरेँ भने खुसीसाथ घोषणा गर्नेछु ।’
तपाईलाई यो पनि जानकारी गरौं कि अभिनेत्री परिणीतिले फिल्म ‘हंसी तो फंसी’ पछि अभिनेता सिद्धार्थ मल्होत्राको साथमा ठूलो पर्दामा आउने योजना बनाइरहेकी छन् । यो जोडी चाँडै फिल्म ‘जबरिया जोडी’ मा पनि देखिदै छन् । पछिल्लो समय सोसल मिडियामा फिल्म ‘जबरिया जोडी’ छाइरहेको छ ।
समाचार उल्लेख भए अनुसार प्रसान्त सिंहको निर्देशनमा बनेको यो फिल्मले बिहारको पकडवाको बिहेको कन्सेप्टलाई प्रस्तुत गर्नेछ । भर्खरै परिणीति र सिद्धार्थ दुवैले आ आफ्नो ट्वीटर अकाउन्टमा ‘जबरिया जोडी’को मोशन पोष्टर रिलिज गर्दै रिलिज मिति पनि सार्वजनिक गरेका छन् । फिल्म २०१९ मा रिलिज हुनेछ । यो फिल्मको सुटिङ लखनाऊमा गरिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन
- 4 hours ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'
- 4 hours ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे
- 5 hours ago

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।
पर्यटन
माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।
जीवनशैली
टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।
विचित्र विश्व
चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश

एजेन्सी । चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्वरुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ ।