आउँदो दसैंमा ‘परदेशी २’
- शनिबार, १० माघ, २०७७
- 1 month ago
- कला र मनोरञ्जन

काठमाडौं । फिल्म ‘परदेशी २’ आगामी वर्षको दसैंमा प्रदर्शनमा आउने भएको छ ।
फिल्मको कथा दशैंको परिवेशसँग जोडिएकाले प्रदर्शन मिति पनि दसैंलाई रोजिएको फिल्मका निर्देशक नारायण रायमाझी बताउँछन् ।
कोरोनाको कहर अगाडि छायाँकन सुरु भएको फिल्मको लकडाउनको समय ५० प्रतिशत मात्र छायाँकन सकिएको थियो । अहिले फेरि सुरु भएको फिल्मको छायाँकन अझै सकिएको छैन ।
पोखरा, पाल्पा, चितवन, काठमाडौंलगायतका स्थानमा छायाँकन गरिएको फिल्मले अध्ययनका लागि विदेशीने नेपाली विद्यार्थीहरुको विषयवस्तुलाई फिल्ममा उतार्नेछ ।
नारायण इन्टरनेशनलको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू, सुशील पोखरेललगायतको अभिनय रहेको छ । गायक प्रकाश सपुत यसै फिल्मबाट अभिनेताको रुपमा डेब्यु गर्दैछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी
- 6 minutes ago

एजेन्सी । म्यान्मारका विदेशमन्त्री यु वाना मुङ एलविन आसिएन (एसोसिएन अफ साउथ इस्ट एसियन नेसन्स) का विदेशमन्त्रीहरुको एक भर्चुअल बैठकमा सहभागी भएको समाचारमा जनाइएको छ । मंगलबार भएको सो बैठकमा उनी सहभाग
भूसासमा नेपाल
- 16 minutes ago

काठमाडौँ । भूगोल साहित्य समाज (भूसास)को प्रथम साधारणसभाले आगामी दुई वर्षका लागि विनोदकुमार नेपालका अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समाजका उपाध्यक्षमा दिनेशविक्रम थापा, सचिवमा शैल
अग्नि सापकोटा, प्रचण्ड, माधव नेपालले लगाए कोरोनाविरुद्धको खोप (तस्बिरहरु)
- 26 minutes ago

काठमाडौँ । काठमाडौँको मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा बुधबार कोरोनाविरुद्धको खोप लगाउँदै सभामुख अग्निप्रसाद सापकोटा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका अध्यक
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।