जब यी अभिनेत्रीको रहस्यमयी मृत्यु भयो

एजेन्सी । बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । तर, उनको मृत्यु भने निकै भयानक थियो ।

 

सन् २००५ को जनवरी २० मा उनको रहस्यमयी मृत्यु भएको थियो । उनी आफ्नै फ्याल्टमा मृत अवस्थामा फेला परेकी थिइन् । उनी एक समय अमिताभ बच्चनलाई आरोप लगाएर निकै चर्चामा आएकी थिइन् । 

 

अमिताभ बच्चनका साथ परवीन बाबीको सम्बन्ध दर्शकहरुले निकै रुचाएका थिए । यी दुई जोडीले धेरै हिट फिल्म पनि बलिउडलाई दिए । दुवैबीच राम्रो रिलेशन पनि रहेको थियो ।

 

तर, एउटा यस्तो समय पनि आयो परबीन बाबीले अमिताभलाई आफुलाई मार्न खोजेको आरोप समेत लगाइन् । मिडिया रिपोर्टका अनुसार उनी गम्भिर मानसिक रोगबाट पिडित रहेकी थिइन् ।

 

परवीन बाबीले अध्यात्मतिर लागेपछि फिल्मी लाइनलाई अलबिदा गरेकी थिइन् । उनी आफ्नो करिअरको हाइटमा रहेकी थिइन् तर कुनै कारणबिना नै उनले फिल्मी करिअरलाई बाइबाइ गरिन् । बलिउड छोडेपछि उनी धेरै वर्षसम्म गुमनाम नै भइन् । 

 

तर, एक दिन उनी यस्तो अवस्थामा भेटिइन् जसको कल्पना कसैले पनि गरेका थिएनन् । 

 

सन् १९८९ मा उनले एक म्यागजिनलाई अन्तर्वार्ता दिएकी थिइन् । उनले उक्त अन्तर्वार्तामा भनेकी थिइन्,‘अमिताभ बच्चन एक अन्तराष्ट्रिय ग्याङस्टर हुन् । उनी मेरो जिन्दगीको पछि लागि परेका छन् । उनले मलाई गुण्डाहरु पठाएर अपहरण गरेका थिए र एउटा आयरल्याण्डमा राखेका थिए । अमिताभका गुण्डाहरुले मेरो सर्जरी गरे र कानको तल एउटा ट्रान्समिटर राखेका थिए ।’

 

उनी मानसिक रुपमा रोगी रहेकी थिइन् । जसले आफुलाई वर्षौसम्म एउटै कोठामा बन्द राखेकी थिइन् । अन्तत आत्महत्या गरेको मिडिया रिपोर्ट बाहिर आएको थियो । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

  • 4 minutes ago
महोत्तरीमा ६ वर्षीया बालिकाको विभत्स हत्या

बर्दीवास । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो ।

आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

  • 10 minutes ago
आर्थिक हिनामिनाको आरोपमा अफ्रिकी फुटबल प्रमुख ५ वर्ष प्रतिबन्धित

एजेन्सी । फिफाले अफ्रिकी फुटबल महासंघका अध्यक्ष अहमद अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएको छ । फिफाले सोमबार आर्थिक हिनामिनाको आरोपमा उनलाई प्रतिबन्ध लगाएको हो ।

कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

  • 45 minutes ago
कारोना रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको जानकारीसँगै नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ ।



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।