'ताजा जनादेशसँगै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाइने'

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक अवस्थादेखि निरास नहुन आम जनतालाई अपिल गरेका छन् । क्यापिटल इन्टरटेनमेन्टद्वारा यहाँ आइतबार आयोजित ‘सातौँ नेशनल क्यापिल अवार्ड–२०७७’ कार्यक्रममा अवार्ड प्रदान गर्दै सरकारका प्रवक्ता रहेका मन्त्री गुरुङले ताजा जनादेशसँगै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

 

मन्त्री गुरुङले भने, “वर्तमान राजनीतिबाट कति पनि निरास नहुनुहोस्, ताजा जनादेशपछि मुलुक सहि दिशातर्फ अगाडि बढ्नेछ, समृद्ध राष्ट्र निर्माण हुनेछ ।” उनले विश्वव्यापी फैलिएको कोरोना भाइरससँग रहनुपर्नेमा जोड दिँदै त्यसबाट निराश नहुन आग्रह गरे । मन्त्री गुरुङले नेपाली कला, साहित्य र संस्कृतिले मुलुक निर्माणमा पुर्याएको योगदानको चर्चा गर्दै त्यस क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सरकारले छिट्टै सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “कला साहित्यको क्षेत्रले समाजमा पु¥याएको योगदानको सरकारले कदर गर्ने छ, समृद्ध नेपाल निर्माणमा यो क्षेत्रको भूमिका अझै महत्वपूर्ण हुनेछ ।” 

 

कार्यक्रममा गीतकार उन्नति शीला बोहरालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । त्यसैगरी पत्रकारद्वय दिनेश थापा र शान्तिप्रिय, गीतकार युवराज अधिकारी, भीष्मराज फुलारा, प्रतिमा गुरुङ, मीना सुब्बा, सुरेन्द्र महर्जन, सङ्गीतकार सन्तोष श्रेष्ठ र गायक छिरिङ भुटियालाई सम्मान गरिएको छ । त्यसैगरी  ३७ विधामा ४५  सर्वोत्कृष्ट गायकरगायिका, सङ्गीतकार र सर्वोत्कृष्ट मोडललाई अवार्ड प्रदान गरिएको छ । 

 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति  शम्भुजित बाँस्कोटाले वर्तमान समयमा देशले कला साहित्य क्षेत्रको साथ खोजेको बताउँदै एकीकृत रुपमा लाग्नुपर्नेमा जोड दिए । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बर्नली र आर्सनलबीचको खेल बराबरीमा सकियो

  • 6 hours ago
बर्नली र आर्सनलबीचको खेल बराबरीमा सकियो

एजेन्सी । शनिबार साँझ भएको प्रिमियर लिगमा आर्सनलले बर्नलीसँग एकएक गोलको बराबरी खेल खेलेको छ । बर्नलीको घरेलु मैदानमा भएका खेलमा आर्सनलले एक एक गोलको बराबरी खेल खेलेको हो ।

पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

  • 7 hours ago
पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार यहाँ संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासक

उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

  • 7 hours ago
उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

एजेन्सी । उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् ।



पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।