जाने हैन त सस्तोमा प्याराग्लाइडिङ गर्न सुन्दरनगरी पोखरा !

कास्की । यहाँका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ । 

 

कम्पनीहरुले लामो समयको बन्दाबन्दी खुलेसँगै गत असोज १५ देखि व्यावसायिक उडान शुरु गरेका थिए । बाह्य पर्यटकको आगमन शून्य भएका अवस्थामा आन्तरिक पर्यटकबाटै पर्यटकीय गतिविधिलाई चलायमान बनाउन नाफा नहेरी उडानलाई निरन्तरता दिइएको  नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । 

 

उनले भने “हामीले पर्यटकीय गतिविधि भएको छ भन्ने सन्देश दिन मात्र खोजेका हौँ, त्यसैले घाटा नै भए पनि प्याराग्लाइडिङ हौँ । अहिले दैनिक पोखरा र आसपासका करीब दुर्य सय आन्तरिक पर्यटकले उडान गरेका छन् ।” उनले अहिले पर्यटकीय मौसम भए पनि कोरोनाले ठप्प भएका अवस्थामा सस्तो कार्यक्रममार्फत आन्तरिक पर्यटकलाई जोड दिएर उडान गरिएको बताए । 

 

आन्तरिक पर्यटकको चहलपहलले  थौरे भए पनि व्यावसायिक उडानप्रति आशा जगाउँदै लगेको उनको भनाइ छ । उनका अनुसार अहिले सहुलियत दरमा रु तीन हजारमा  उडान गरिएको छ । 

 

पहिले रु सात हजार ५०० मा हुने गरेको थियो । कोरोनाको उच्च जोखिमलाई ध्यान दिँदै स्वास्थ्य सतर्कतासहित प्याराग्लाइडिङ कम्पनीको अनुगमनसमेत गरेर ‘सेफ्टी र सेक्युरिटी’लाई समेत ध्यान दिइएको भण्डारीले बताए । 

 

हिमालय स्काइ एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक एवं पाइलट माधव तिवारीले अहिले १५ देखि ३५ वर्षसम्म उमेरका युवाले उडानमा बढी रुचि राखेको बताए । विशेष गरी कलेजका विद्यार्थी, कर्मचारी, व्यवसायीलगायत पारिवारिक रुपमा समेत उडानका लागि आउने गरेको उनको भनाइ छ । नेपाल हवाई खेलकूद संस्थाको सचिव तिवारीका अनुसार उडान गर्नेहरुमा कास्कीका ८० र २० प्रतिशत पोखराआसपासका जिल्लाबाट आउने गरेका छन् ।  यसअघि दैनिक करीब पाँच सय उडान हुने गरेकामा अहिले आन्तरिक पर्यटक मात्रै दैनिक करीब दुई सयले उडान गर्ने गरेको उनको भनाइ छ । 

 

पोखरामा  हवाई खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् जसमा  १२ महिला छन् । बन्दाबन्दी अगाडिसम्म १०र१२  विदेशी प्यारापाइलट  यस क्षेत्रमा थिए भने अहिले नेपाली मात्रै छन् । पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् । यस क्षेत्रमा करीब रु एक अर्बको लगानी छ । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 5 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 6 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।