पनडुब्बी विवादबारे छिट्टै बाइडेन र म्याक्रोँबीच वार्ता हुने

Norvic Hospital

सिड्नी । अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्राँेबीच केही दिनमा पनडुब्बी सम्झौताका कारण निम्तिएको तनावबारे फोनवार्ता हुने फ्रान्सेली सरकारका प्रवक्ताले आइतबार बताएका छन् । 

 

यो घोषणा फ्रान्सले वासिङ्टन र क्यानबेरामा रहेका आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एक दिनपछि आएको हो । अमेरिका–अस्ट्रेलियाको गोप्य वार्तापछि फ्रान्सेली पनडुब्बी खरिदका लागि गरेको अर्बौं डलरको सम्झौतालाई रद्द गर्ने अस्ट्रेलियाले निर्णय लिएको थियो तर यो निर्णयले फ्रान्सलाई घात गरेको भन्दै फ्रान्सेली अधिकारीहरूले सम्झौताको विरोध गरेका छन् । 

 

प्रवक्ता गब्रिएल अट्टालले बीएफएम समाचार च्यानलसँग भने, “आगामी दिनमा फोनवार्ता हुनेछ ।” यस वार्ताका लागि बाइडेनबाट प्रस्ताव आएको उनले बताए । 

 

म्याक्रोँले अमेरिका–अस्ट्रेलिया–बेलायत रक्षा सम्झौताबारे अमेरिकी राष्ट्रपतिसँग यसबारे सोधपुछ गर्छन् । त्रिपक्षीय सम्झौतापछि क्यानबेराले अमेरिकी आणविक शक्ति भएका पनडुब्बीहरू किन्नेछ । यसका कारण यसपहिले अष्ट्रेलियाले सम्झौता गरेको डिजल–इलेक्ट्रिक फ्रान्सेली जहाजहरू किन्ने ठूलो सम्झौता रद्द हुनेछ । 

 

“हामी स्पष्टीकरण चाहन्छौं,” अट्टलले भने । अमेरिकाले ‘ठूलो विश्वास घात’ जस्तो देखिएको कुराबारे जवाफ दिनुपर्ने उनले बताए । 

 

यसअघि आइतबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले ‘केही महिनाअघि’ भएको सम्झौताप्रति चिन्ता उठाएको भन्दै क्यानबेराले सम्झौता रद्द गर्ने आफ्नो योजनाबारे ढाँटेको भन्ने फ्रान्सको आरोपको खण्डन गरेका थिए । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 6 minutes ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

  • 31 minutes ago
रुसमा पहिलो पटक कोरोनाबाट एक हजार भन्दा बढीको मृत्यु

एजेन्सी । रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

‘गोरखा’को पोस्टर सार्वजनिक

  • 3 hours ago
‘गोरखा’को पोस्टर सार्वजनिक

काठमाडौँ । भारतीय सेनाको गोरखा रेजिमेन्ट पाँचौं गोरखा राइफल्सका एक अधिकारीको जीवनमा आधारित फिल्म ‘गोरखा’को पोस्टर सार्वजनिक भएको छ। बलिउड अभिनेता अक्षय कुमार प्रमुख भूमिकामा रहेको फिल्मको पोस्टर अभिने



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।