पाकिस्तानः सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो
- बुधबार, १८ माघ, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा मङ्गलबार मध्यरातितिर ठूलो सङ्ख्याका आतङ्ककारीहरु शक्तिशाली हतियार लिएर त्यहाँ पुगेका थिए ।
मध्यरातिमा शक्तिशाली हतियार ल्याएर ठूलो सङ्ख्यामा आएका उनीहरुको प्रयासलाई असफल तुल्याएको पञ्जाव प्रान्तको प्रहरीले जनाएको छ ।पञ्जावको प्रान्तीय प्रहरीका प्रवक्ता अनबर असमानले सो प्रहरी चौकीमा ठूलो सङ्ख्यामा प्रहरी रहेका र रातिको समयमा सो चौकीमा क्षति पु¥याउने गरी आएका आतङ्ककारीको प्रयासलाई असफल तुल्याएर ठूलो मानवीय क्षति हुनबाट जोगाएको बताए ।
सो प्रहरी चौकीमा यसअघि पनि आक्रमणको प्रयास गरेका थिए र प्रहरीले यसैगरी असफल तुल्याएको थियो । त्यसैले यस पटक आतङ्ककारीहरु ठूलो संख्यामा आएका बताइएको छ ।
रातिको समयमा प्रहरी चौकीमा आक्रमण सुरु गरेका आतङ्ककारीहरुलाई प्रहरीले प्रतिकार गर्दा कैयौँ आतङ्ककारी घाइते भएका पनि प्रवक्ता अनबरले जानकारी दिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
वास्तु टिप्सः यस दिशामा बसेर पूजा गर्नु शुभ मानिन्छ
- 3 minutes ago

एजेन्सी । पूजा गर्ने सही दिशाबारे थाहा पाउनु भएको छ ? वास्तुशास्त्र अनुसार पूजा गर्दा आफ्नो मुख पूर्व वा उत्तर दिशामा राख्नुपर्छ । यीमध्ये पूर्व दिशातर्फ फर्केर पूजा गर्नु उत्तम हुन्छ । किनभने पूर्व
'महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ'
- 17 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन् । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले उल्लेख गरे ।
धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु
- 47 minutes ago

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
वास्तु टिप्सः यस दिशामा बसेर पूजा गर्नु शुभ मानिन्छ

एजेन्सी । पूजा गर्ने सही दिशाबारे थाहा पाउनु भएको छ ? वास्तुशास्त्र अनुसार पूजा गर्दा आफ्नो मुख पूर्व वा उत्तर दिशामा राख्नुपर्छ । यीमध्ये पूर्व दिशातर्फ फर्केर पूजा गर्नु उत्तम हुन्छ । किनभने पूर्व दिशा शक्ति र बहादुरीको प्रतीक हो।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।