पार्टीभन्दा माथि उठेर जनताको सेवकको रुपमा काम गर्नेछुः नवनिर्वाचित वडाध्यक्ष सेन

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

तनहुँ । आसन्न वेशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत तनहुँको भिमाद नगरपालिका वडा नम्बर ३ मा निर्वाचित वडाध्यक्ष पदम राज सेन ठकुरीले पदभार ग्रहण गरेका छन् । 

 

भिमाद ३ स्थित खेक्रेटारमा रहेको वडा कार्यालय भवनमा शुक्रबार बिहान नवनिर्वाचित वडाध्यक्ष ठकुरीले एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै ठकुरीले पार्टीभन्दा माथि उठेर जनताको सेवकको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । 

 

'पार्टीभन्दा माथि उठेर जनताको सेवकको रुपमा, जनतालाई मालिक ठान्दै काम गर्ने प्रतिवद्धता लिएका छौँ । म चाहे विद्यार्थी हुँदा होस् चाहे शिक्षक र वैदेशिक रोजगारीकै क्रममा पनि देश तथा समाजलाई परिवर्तन गर्न सकिन्छ कि भन्ने मानसिकता लिएर हिँडेको थिएँ । मेरो नेतृत्वको जनप्रतिनिधिलाई कसि लगाउने बेला आएको छ । अबको पाँच वर्ष कुनैपनि व्यक्तिगत, पारिवारिक स्वार्थ झल्किने छैन ।' उनले भने 'मैले वडाध्यक्षमा निर्वाचित हुनुभन्दा पहिले नै मैले आफू निर्वाचित भएको खण्डमा पाउने सञ्चित रकम र सेवा सुविधा विपन्न गरिब जनताहरुको जीवनमा खर्चिने छु भनेर प्रतिवद्धता जाहेर गरेको थिएँ । त्यसलाई म कार्यान्वयन गर्नेछु ।' 

 

यस्तै ठकुरीले पहिलो प्राथामिकताको रुपमा वडामा आउने सेवाग्राहीका लागि पिउने पानीको व्यवस्था मिलाइने आश्वासन दिलाउँदै धेरै बोलेर भन्दा काम गरेर देखाउने बेला आएको बताए । 

 

निवर्तमान वडाध्यक्ष लगायत अन्य टिमहरुसँग पनि सहकार्य र सल्लाह सुझाव लिँदै आगामी पाँच वर्ष वडालाई नगरपालिकामै नमुना वडाको रुपमा पहिचान बनाउने उनको भनाई छ । 

 

कार्यक्रममा निवर्तमान वडाध्यक्ष भुपेन्द्र राज मल्लले राजनैतिक विचारले अलग भएपनि वडालाई समृद्ध बनाउन नवनिर्वाचित वडाध्यक्ष सेनको टिमले उल्लेखनिय भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

 

यसैगरी, वडासचिव दिपा पोखरेलले वडामा पिउने पानीको व्यवस्थापन, भवनमा डकुमेन्टेशनको ठाउँ भएपनि सामग्री नरहेको, खाजाको व्यवस्थाप, कार्यालयमा तारजाली लगाउने लगायतका समस्याहरुबारे नवनिर्वाचित वडाध्यक्ष ठकुरीको ध्यानाकर्षण गराएकी थिइन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 43 minutes ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

  • 51 minutes ago
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

  • 1 hour ago
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।