गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि गैरआवासीय नेपालीको भूमिका अझ अहम हुन सक्छः स्वास्थ्य मन्त्री

काठमाडौँ। गैरआवासीय नेपाली संघले स्वदेश र विदेशमा रहेका स्वास्थ्य विज्ञबीच ज्ञान सीप र अनुभव आदानप्रदानको वातावरण निर्माणका लागि नेपाल सरकारसँग आग्रह गरेको छ। अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघका प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई भेटेर उक्त आग्रह गरेको हो।
भेटमा संघका अध्यक्ष डा केसीले नेपालमैत्री स्वास्थ्य नीति तर्जुमा गर्न स्वदेश र विदेशमा रहेका स्वास्थ्य विज्ञलाई एकै स्थानमा ल्याउन जरुरी भएको बताए। नेपालबाट अरबौं रुपैया स्वास्थ्य सेवा तथा सामाग्रीका लागि बाहिरिने गरेकोले नेपालमै अत्याधुनिक स्वास्थ्य संयन्त्र, सेवा र प्रविधि स्थापित गरी विदेशबाट समेत नेपालमा उपचारका लागि आउन सक्ने वातावरण निर्माण गरेर नेपाललाई स्वास्थ्य हब बनाउन सरकारले पहल गर्नुपर्ने र त्यसमा संघले पनि सहकार्य गर्ने अध्यक्ष डा केसीले बताए।
भेटमा अध्यक्ष डा केसीले संघका तर्फबाट भइरहेका स्वास्थ्य तथा परोपकारी गतिविधिबारे मन्त्री गिरीलाई जानकारी गराएका थिए। संघले विश्वभर फैलिएको कोरोना महामारीको कहरबीच कोरोना प्रभावित नेपालीको तथ्यांक संकलन एवं ५२ देशका तीन लाख भन्दा बढी नेपालीहरुलाई प्रत्यक्ष सहयोग गर्नुका साथै नेपालमा स्वास्थ्य सामाग्री र अक्सिजन सिलिन्डर, कन्सन्टे«टर उपलब्ध गराइएको थियो।
संघको तत्वावधान र स्वास्थ्य सेवा विभागको समन्वयमा हाल चितवनस्थित भरतपुर अस्पताल, धनगढीस्थित सेती प्रादेशिक अस्पताल, महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापनाको कार्य अन्तिम चरणमा रहेको छ। यस्तै, स्थानीय सरकारसंगको समन्वय र सहकार्यमा एक प्रदेश एक मोबाइल ब्लड बसको अवधारणा ल्याएकोमा हालसम्म बागमती र सुदुरपश्चिम प्रदेशमा दुई वटा बस हस्तान्तरण गरिसकिएको छ। प्रदेश एक, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा समेत उक्त परियोजना अघि बढाउन प्रक्रिया थालिएको छ।
संघले मोबाइल शौचालयको परियोजना समेत अघि बढाएको छ। हाल पोखरामा स्थानीय सरकारसंगको समन्वयमा सो परियोजनाको थालनी भइसकेको छ, तर यस्ता कार्यमा जग्गा प्राप्ति, स्थानियको सहकार्य समेत आवश्यक हुने भएकोले उक्त कार्यमा सहजीकरण गरिदिन समेत अध्यक्ष केसीले आग्रह गरे।
सो अवसरमा संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले स्वास्थ्य क्षेत्रमा रहेको ठूलो अभाव पूर्न गैरआवासीय नेपालीहरुले अवसर खोजिरहेको बताए। स्वास्थ्य क्षेत्रमा लगानी गरी नेपाललाई स्वास्थ्य हब बनाउन सक्ने उनको भनाई थियो। मानव स्वास्थ्य जस्तो गम्भीर विषयमा सरकारले कुनै सम्झौता गर्न नहुने भन्दै डा महतोले सरकारले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग सहकार्य गरेर अघि बढे स्वास्थ्य क्षेत्रका असंगतिका थुप्रै क्षिद्रहरु पुर्न सकिने धारणा राखे।
भेटमा संघका प्रतिनिधिलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले गैरआवासीय नेपालीहरुको ज्ञान, सीप, क्षमता र अनुभवलाई प्राथमिकताका साथ नेपालको स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने,
“स्वास्थ्य क्षेत्रको बृहत विकासका लागि सरकार तपाईहरुसँग सहकार्य गर्न तयार छ, विशेषतः विकट क्षेत्रका विपन्न जनताका लागि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि गैरआवासीय नेपालीको भूमिका अझ अहम हुन सक्छ यस विषयमा हामी निरन्तर छलफलमा रहनेछौँ र पक्कै हातेमालो गर्नेछौँ।”
मन्त्री गिरीले स्वास्थ्य सेवा विस्तार र त्यसमा गैरआवासीय नेपालीको भूमिका सम्बन्धमा थप अध्ययन गरेर छिट्टै ठोस् निर्णय गरी सहकार्य अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । भेटमा संघका पूर्व उपाध्याक्ष अर्जुन कुमार श्रेष्ठ, संघका सचिव गोविन्द गौेतम, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य रामेश्वर गौतम(रसिया), राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पूर्व अध्यक्ष दिनानाथ राजभण्डारी लगायतको उपस्थिति रहेको थियो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
'अहिलेकै गठबन्धनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाएर लैजान्छ'
- 6 minutes ago
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताएका छन् ।
उपराष्ट्रपति यादवलाई भारतीय समकक्षी धनखरको बधाई
- 13 minutes ago

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतका उपराष्ट्रपति तथा भारतको राज्यसभाका अध्यक्ष जगदीप धनखरले बधाई तथा शुभकामना दिएका छन् ।
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त
- 15 minutes ago

काठमाडौँ । नवनियुक्त उपराष्ट्रपति रामसहायप्रसाद यादव पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएका छन् ।
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।