दार्जीलिङकी पी. लक्कीको सुरिला गजलका धारिला लाइनहरु

दार्जिलिङ । 

‘मतदानको नम्बर भएर हिॅंडिन्छ यी बाटाहरुमा

बेईमानीहरुकै बढेको छ ताकत कति कति ।

एकपटक फेरी क्रान्ति जन्माउनु मन छ मलाई

पटकपटक हार्नपर्ने नीति फगत कति कति ।’

 

यसरी गजलमा धारिला लाइनहरु प्रयोग गर्छिन् क्रान्ति उराल्ने चाहना गर्छिन् दार्जिलिङ भेककी पी. लक्की शेर्पा । भारतीय नेपाली साहित्यको क्षेत्रमा गजलको चल्ती निक्कै हुन थालेको छ । युवा पुस्ताका सर्जकहरु गजललाई नयाँ ढाँचामा प्रस्तुत गर्न थालेका छन् । गजलको स्वछन्दतावादसँगै सामाजिक, राजनैतिक क्षेत्रलाई पनि समेट्ने गरेका छन् । भारतीय नेपालीहरुको मूल केन्द्र यता दार्जिलिङ भेककी एकजना सुपरिचित महिला कवि पी. लक्की शेर्पाले हालैमा गजल सङ्ग्रह ‘गजल इरादा’ भारतीय नेपाली साहित्यमा प्रस्तुत गरेकी छिन् । गजल लेखनमा नै निरन्तरता दिँदै आएकी खरसाङ निवासी पी. लक्की शेर्पाले यस कृतिभन्दा अघि सन् २०१८ मा ‘केही रङ केही रहर’ प्रकाशित गरिसकेकी छिन् । उनले आफ्ना गजल सङ्ग्रहहरुमा गजलका मुख्य पाटा प्रेमसँग जोडिएका मिलन र विछोड साथै सामाजिक सचेतनासँगै भ्रष्ट राजनीतिलाई व्यङ्ग्य प्रहार गरेकी छिन् । सत्ता र पत्ताको दलदलमा भासिँदै गएको राजनीति र सामाजिक व्यवस्थामाथि गजलको सुरिलोपनालाई धारिलो बनाएकी छिन् । सरकारी

योजनानुसार बाटो बनिन्छ तर, बाटो रहँदैन केही दिनमा खोलाको बगरजस्तै हुन्छ । यस्तो कार्य प्रणालीमाथि पी. लक्की शेर्पा सुरिलो गजलबाट धारिलो लाइन प्रहार गर्छिन् यसरी ‘‘हरेक वर्ष बनाएकै हुन्छ यी बाटाहरु, तर खै हेर, यहाँ राम्रो सडक हुँदै हुदैन ।’ समाज र राजनीतिमा छिरेका विसङ्गति, विकृति, भ्रष्टाचार, शोषण, अन्याय, अत्याचार, द्वैत चरित्र अनि भ्रमलाई हतियार बनाउने नेतालाई पनि उनी धारिलो गजल प्रयोग गर्छिन् । नेताले एउटा मुद्दा अघि राखेर जनतालाई आन्दोलन गराउँछन्, जनताले आन्दोलन गर्छन् नेता हराउँछन्, गोली थाप्छन् जनताले अनि कफनमा बेह्रिन्छन् । यस्तै सिलसिलामा उनी गजलबाट भन्छिन्ः ‘‘मुद्दामा लड्नेहरु शहरबाट हराए, रहल जति सबैले कफन बनायो’ ‘निष्कर्षमा नपुगी शहीद बनाउने यो शहर, आश्वासनमा लडिने यो रगत छ हजुर’ मुद्दा बेचिखाने राजनीतिलाई पनि उनी धारिलो गजलबाट भन्छिन् । ‘‘मुद्दा बेची घरलाई महल बनाएछौ, शहरलाई इमान बेच्ने पसल बनाएछौं ।’

 

भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार डा. जस योन्जन ‘प्यासी’ लेख्छन् । ‘‘पी. लक्कीका गजलहरुले विभिन्न विषयलाई बाँधेका छन् । गजलहरुमा माया–मोह, प्रेम–प्रणय, प्यार–प्रीति, निराशा–हताशा, असन्तोष, आवेग, रोष, पीडा, खुशी–नाखुशी, विरह व्यथा, आक्रोश, विक्षोभ, कुण्ठा, गुनास्रोत गनगन, गिल्ला, घृणा, व्यङ्ग्य–पेच,

उदासी–विवशी, व्यवहार–विडम्बना, स्वार्थ र ढोंग इत्यादिलाई दाउ हेरी हेरी दर्शाइएको पाइन्छ । चैतन्य चोलाका नाना थोक पनि पाइन्छ ।’ गजल इरादाका गजलहरु क्यानभसमा चित्रकारले जस्तो विविध रङ्गहरुले सजाइएका र पोतिएका जस्तै रहेको अनि ती चित्रहरुले जीवन बाँच्ने उज्यालो किरण देखाएको त कहिले डुब्दै गरेको घामको किरण पनि देखाएको सिक्किम विश्वविद्यालयकी डीन एवं सुपरिचित महिला साहित्यकार डा. कविता लामा उजागर गर्छिन् । विकृति र विसङ्गतिले घेरिॅदै गएको समाजमा व्यक्तिको द्वैत चरित्र खुट्याउन र चिन्न गाह्रो छ यसैले पी. लक्की गजलमा उजागर गर्छिन्ः 

 

'यी मान्छेहरु चिन्ने किताब भए हुन्थ्यो ।

यी मनहरु केलाउने हिसाब भए हुन्थ्यो । 

जति जति म मान्छेलाई चिन्न खोज्छु

लाग्छ आफ्नै पनि अर्कै नकाब भए हुन्थ्यो ।’

गजलमा वेदनाहरु उनी यसरी पोखाउँछिन् । 

'जिन्दगीमा कति कति लुकाएको छु चोटहरु, छन् घाउहरु थुप्रै थुप्रै छैन

कुनै मलहम यहाँ ।'

 

मानव जीवन भनेको जन्म र मृत्युको घटनाक्रममा चलिरहने हो । जीवनको सत्य भनेको जन्म र मृत्यु मात्र हो, यसैले मृत्युपछि सुरु हुन्छ अनन्त यात्रा र अनन्त जीवन । बाँचुन्जेल सबैको कल्पना हुन्छ जान्ने इच्छा र रहर हुन्छ अनन्त यात्राबाट जाने त्यो जीवन कहाँ बस्ला ? गजलमा पी. लक्की उजागर गर्छिन्ः ‘‘हरेक मान्छेको

हुन्छ आ–आफ्नै रहर, मरेपछि त्यो अर्को शहर कस्तो होला ।’ उनका कतिपय गजलहरु सङ्गीतवद्ध भइसकेका छन् भने ‘‘तिम्रो प्रेमको धन केही याद केही भूलें मैले, दुईदिने आफ्नोपन केही याद रह्यो केही भुलें मैले’लाई दार्जीलिङ भेकका गायक सौरभ राईले आफ्नै सङ्गीत र स्वरमा गएका छन् । यस्तै किसिमले पी. लक्कीले गजलमा विभिन्न पाटाहरुलाई समेट्ने काम गरेकी छिन् । उनी भन्छिन्, ‘‘जिन्दगीमा थुप्रै रङहरू जोडिॅंदै जाँदा कति रङहरु छोडिॅंदै जाँदा रहेछन् । हाम्रो जीवन नै अनित्य छ, कहाँ कहिले के हुन्छ कसलाई थाहा हुन्छ र? यसको केही भरोसा छैन ।’ गतिशील जिन्दगीमा चाहना पनि त्यतिकै गतिशील नै भइरहने विचार प्रकट गर्दै उनी भन्छिन्, ‘‘हाम्रो मन नै अत्यन्त चञ्चल । मनले चाहे कहाँ पुग्छ, यो स्थिर नभएकोले नै हो यो मेरो मनले के के सोचिरहन्छ त्यसैले होला जिन्दगीको यथार्थलाई आफ्मो अनुभव अनुभूतिहरुसँग कहिले हाँस्दै कहिले घोरिन्दै, लुकामारी खेल्दै पोखेका अभिव्यक्तिहरु हुन् यी गजलहरु । जिन्दगीको आरोह–अवरोहमा गजल लेख्ने लत बसेछ अब त इरादा नै गजल भयो ।’


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 4 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 4 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 4 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।