अक्सफोर्ड कोरोना भ्याक्सिन ट्रायलमा एक जना स्वयमसेवकको मृत्यु

प्रतिकात्मक तस्बिर

एजेन्सी । एस्ट्रजेनेका र अक्सफोर्ड यूनिभर्सिटीद्वारा विकसित गरिएको कोरोना भ्याक्सिनको ट्रायलमा सहभागी एक स्वयमसेवकको मृत्यु भएको छ ।ब्राजीलकी हेल्थ अथोरिटीले बुधबार यसको पुष्टि गरेको हो । स्वयमसेवकाको मृत्यु भएपनि ट्रायल नरोकिने बताइएको छ । चिकित्सा गोपनीयताका कारण यो बाहेक अन्य जानकारी बाहिर नल्याइएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

फेडरल यूनिभर्सिटी अफ साओ पाओलोमा कोरोना भ्याक्सिनको तेस्रो चरणको ट्रायल चलिराखेको छ । मृत्यु भएका स्वयमसेवक ब्राजिलको नै भएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

उक्त खबर बाहिर आएसँगै एस्ट्रजेनको शेयरमा १.७ प्रतिशतले गिरावट आएको छ । ब्राजिलमा कोरोना संक्रमणबाट डेढलाखभन्दा बढीको ज्यान गएको छ । कोरोना संक्रमितको संख्या लाखौँ रहेको छ । यस अवस्थामा कोरोना नियन्त्रणका लागि ब्राजिलले हरसम्भव प्रयास गरिराखेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

  • 6 hours ago
मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा कार्यालयको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग

ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

  • 6 hours ago
ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनको मुख्य बाधक भएको बताएका छन् । सोमबार साँझ एक ट्वीट गर्दै डा. भट्टराईले ओली प्रवृत्ति प्रतिगम

नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

  • 6 hours ago
नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५ औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।