ओएसआरको दामी म्युजिक एपमा कोपिला रिलिज

काठमाडौँ । केही समय अघि निर्मला बलात्कार काण्डमा आधारित भएर निर्माण भएको फिल्म कोपिला ओएसआर डिजिटलको दामी म्युजिक एपमा रिलिज भएको छ । केही समय अघि डिस होममा रिलिज भएको फिल्म शुक्रवारबाट मोबाईल थिएटरमा रिलिज भएको हो । कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आधारित भएर बनेको फिल्म ‘कोपिला’ को शुक्रवार दामी म्युजिक एपको मोबाईल थिएटरमा दैनिक ४ शो रिलिज भइरहेको छ ।

 

प्रति टिकट ७५ रुपैयाँ कायम गरिएको मोबाईल थिएटरमा मोबाईल थिएटरको हल वानमा कोपिला रिलिज गरिएको छ । ओ.एस.आर डिजिटल संगको सहकार्यमा सञ्चालीत दामी म्युजिक एपको  मोबाईल थिएटरमा ४ वटा पर्दा रहेको छ । हरेक शुक्रवार नयाँ फिल्म यसमा निरन्तर रिलिज हुनेछ । एक पटक टिकट काटिसकेपछि ७२ घण्टाभित्र फिल्म हेर्नुपर्नेछ । अन्यथा अर्को टिकट काट्नुपर्ने दामी म्युजिक एपको नियम छ । यो आर्काइभ थिएटर भन्ने हैन । हलमा जस्तै यसमा शो अनुसार फिल्म चल्ने गर्छ । दामी म्युजिक एप डाउन लोड गरि आफुलाई मन परेको फिल्म विभिन्न ईलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम इसेवा, खल्ति, आइएमई पे, र एनसेल तथा नमस्तेको सिमबाट पनि हेर्न सकिने व्यवस्था छ ।

 

शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मलाई सबैले राम्रो बनेको प्रतिक्रिया दिएका छन् । फिल्ममा कलाकारहरु गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृती खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको अभिनय रहेको छ । 

 

फिल्ममा निर्मलाको भूमिकामा संजीवनीले अभिनय गरेकी छिन् । यो उनको डेब्यू फिल्म भए पनि दर्शकले उनको अभिनय रुचाएका छन् । त्यस्तै, आमाको भूमिकामा रहेकी सरिता गिरिको अभिनयको पनि प्रशंसा भएको छ । 

 

‘कोपिला’ मा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, दिपक शर्माको संगीत र समिर मियाँको सम्पादन रहेको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

  • 1 minute ago
शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

काठमाडाैँ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

कति छ सलमान खानको सम्पत्ति ?

  • 9 minutes ago
कति छ सलमान खानको सम्पत्ति ?

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी

'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

  • 17 minutes ago
'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन् ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।