ओपोको नयाँ स्मार्टफोन ‘ओपो ए५२’ नेपालमा सार्वजनिक

काठमाडौँ । ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ । ब्राण्डले सार्वजनिक गरेको नयाँ ह्याण्डसेटको मूल्य रु २९ हजार ९९० निर्धारण गरेको छ । ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दुई रङमा उपलब्ध गरिएको छ । यसको मोटाइ ८.९एमएम र वजन जम्मा १९२ ग्राम रहेको छ ।

 

डिस्प्ले

ओपो ए५२को डिस्प्लेको कुरा गर्दा यसमा १०८०×२४०० एफएचडीं रेजोल्यूशन सहितको ६.५ ईञ्च नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रिन)को प्रयोग गरिएको छ । स्क्रिनको पिक्सेल डेन्सिटी ४०५ पीपीआई रहेको छ । उपकरणको स्क्रिन टू बडी रेसियो ९०.५५ छ । फोनको डिस्प्लेमा ईन सेल टेक्नोलोजी (सनलाइट स्क्रिन), ब्ल्यू शिल्ड (टीयूभी राइनल्याण्ड प्रमाणित) लगायत पनि उपलब्ध गरिएको छ ।

 

क्यामेरा

ओपो ए५२मा कम्पनीले क्वाड रियर क्यामेरा सेटअपको प्रयोग गरेको छ । यसको प्रमुख रियर क्यामेरा एफ१.७ एपर्चर सहितको १२एमपी र सेकेन्डरी रियर क्यामेरा एफ२.२ सहितको ८एमपी (वाइड) रहेको छ । साथै, फोनमा दूई ओटा एफ२.४ एपर्चर सहितको २एमपी रेजोल्यूशन सेन्सर रहेका छन् । जसमध्य, एउटा माक्रो लेन्स र अर्को पोट्रेट लेन्स हुन् । यिनमा टच टू फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधिपनि उपलब्ध गरिएको छ । फोनको रियर क्यामेरालाई सहयोगार्थ यसमा डुअल एलईडी फ्ल्याशको प्रयोग गरिएको छ । सेल्फीका लागि भने एफ२.० एपर्चर सहितको १६.०एमपी फ्रन्ट क्यामेराको व्यवस्था गरिएको छ ।

 

हार्डवेयर तथा सफ्टवेयर

ओपो ए५२लाई ओक्टाकोर ४×२.० जीएचजेड कायरो २५० गोल्ड ४×१ं.८ जीएचजेड कायरो २६० सिल्भर० क्वालकम स्न्यापड्रागन ६६५ चिपसेटले सञ्चारित गर्छ । फोनमा ४ जीबी र्‍याम र १२८ जीबी आन्तरिक सञ्चय क्षमताको ब्यवस्था गरिएको छ । कलरओएस ७.१ (एण्ड्रोइड १०) द्वारा सञ्चारित हुने यसमा प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार एसएसडीमार्फत सञ्चय क्षमतालाई २५६जीबीसम्म बढाउन सक्छन् । फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सरको प्रयोग गरिएको छ । ओपो ए५२मा कम्पनीले १८वाट फास्ट चार्जिङ प्रविधि सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरेको छ ।

 

ओपो ए५२का विशेषता

ओपो ए५२का केही प्रमुख विशेषताहरुका बारेमा निम्न लिखित टेबलमार्फत जानकारी दिइएको छः

 

ब्राण्ड – ओपो

चिपसेट – क्वालकम स्न्यापड्रागन ६६५

र्‍याम – ४ जीबी

आन्तरिक सञ्चय – क्षमता १२८जीबी

स्क्रिनको आकार – ६.५

रेजोल्यूशन – १०८०×२४००

रियर क्यामेरा – १२ एमपीं ८ एमपीं २ एमपीं २ एमपी

अतिरिक्त सञ्चय सुविधा – छ

फ्रण्ट क्यामेरा – १६एमपी

फिंगरप्रिन्ट – साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर

ब्याट्री – ५०००एमएएच

डिस्प्ले – ६.५ ईञ्च १०८०×२४०० पिक्सेल ४०५ पीपीआई

 

मूल्य तथा उपलब्धता

ओपो ए५२को बजार मूल्य २९ हजार ९९० निर्धारण गरिएको छ । श्रावण १ गतेका दिनदेखि नै यो फोनलाई आफ्ना प्रमुख विक्री केन्द्रहरु मार्फत कम्पनीले सर्वत्र बजारमा उपलब्ध गराइसकेको छ ।


थप समाचार

पोखरामा थप चार जनामा कोरोना संक्रमण

  • 10 minutes ago
पोखरामा थप चार जनामा कोरोना संक्रमण

कास्की । पोखरा महानगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण फेला परेको पुष्टि भएको छ । वडा नम्बर ५ मा २ जना, वडा १७ र ३० मा १–१ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

अष्ट्रेलियामा थप १९ जना संक्रमितको मृत्यु

  • 20 minutes ago
अष्ट्रेलियामा थप १९ जना संक्रमितको मृत्यु

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण एकैदिन १९ जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३२ पुगेको छ । अष्ट्रेलियामामा थप ३५३ जना कोरोना संक्रमित थपिएका छन

कोरोना संक्रमणको जोखिममा को ?

  • 37 minutes ago
कोरोना संक्रमणको जोखिममा को ?

काठमाडौँ । क्वारेन्टाइनमा बसिरहेका, कन्ट्याक्ट ट्रेसिङमा परेका, कोरोना प्रभावित क्षेत्रमा यात्रा गरेका र संक्रमित धेरै रहेको स्थानमा बसिरहेका व्यक्ति उच्च जोखिममा पर्ने विज्ञहरू बताउँछन्। स्वास्थ्य तथ



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।