बेलायतको नेपाली ओपन कन्सर्ट हेर्न ओइरिए हजारौं दर्शक ( फोटोफिचर)
- आइतबार, २७ जेष्ठ, २०७५
- 2 years ago
- युके

फार्नबरो । बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै सबैभन्दा ठूलो सांस्कृतिक कार्यक्रम शनिबार फार्नबरोमा सम्पन्न भयो ।
मगर संघ बेलायतको आयोजनामा सम्पन्न नेपाली ओपन कन्सर्टमा ३ हजार बढि दर्शकको सहभागिता रह्यो ।
कन्सर्टमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु सागर आले, मिना लामा, विमलराज क्षेत्री, प्रिती आलेका साथै मनसुदन थापा, कल्पना गुरुङ पुन लगायतका स्थानीय कलाकारहरुले समेत सहभागीहरुलाई दिनभर सांस्कृतिक मनोरञ्जन दिलाए ।
बेलायतका विभिन्न क्षेत्रबाट हजारौंको संख्यामा ओइरिएका दर्शकहरुमाझ नेपालका लोकप्रिय कलाकारहरुको प्रस्तुति भइरहंदा माहोल सांच्चीकै विशेष सांस्कृतिक महोत्सवकै जस्तो लाग्थ्यो । कार्यक्रमस्थलमा विभिन्न नेपाली खाना, सामग्री, व्यववसाय तथा च्यारिटीका दर्जनौं स्टलहरु पनि राखिएका थिए।

बेलायतका लागि नेपाली राजदूतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय रश्मोर बरोका डेपुटी मेयरका साथै उल्लेख्य संख्याका बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधीहरु अतिथीका रुपमा उपस्थित थिए ।
कार्यक्रममा मगर संघ युकेको मुखपत्र कानुंग लांघाको समेत विमोचन गरिएको थियो । मगर संघ यूकेका अध्यक्ष नेम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बोम थापा सूर्यवंशीले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रको सञ्चालन महासचिव लालबहादुर पुन र तुलचन्द्र तिलिजाले गरेका थिए । मगर संघ युकेले सन् २००७ देखि हरेक वर्ष उक्त कन्सर्टको आयोजना गर्दै आएको छ ।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेरियटको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल
- 8 minutes ago

काठमाडौँ । नेकपा एमालेको बिबाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल बिच बुधबारबाट संवाद सुरु भएको छ । उनीहरु नक्सालस्थित मेरियट होटलमा बसेर वा
स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ
- 13 minutes ago

काठमाडौँ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा
नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य
- 17 minutes ago

काठमाडौँ । त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालल
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।