अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

काठमाडौँ । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको खारेज गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानविरुद्ध रिट दायर गरेका हुन् ।
अधिवक्ताद्वयले नेपालको संविधान तथा सञ्चारसम्बन्धी कानूनले पत्रपत्रिकाको दर्ता कहिल्यै खारेज नहुने व्यवस्था गरेको अवस्थामा सूचना तथा प्रसारण विभागले दर्ता गरेर सञ्चालन अनुमति दिएका अनलाइन पत्रपत्रिकालाई भने हरेक आर्थिक वर्ष सकिएपछि नवीकरण गर्नै पर्ने बाध्यकारी व्यवस्था गरेर संविधानसँग बाझिने व्यवस्था गरिएकाले उक्त प्रावधान खारेजीको माग गरिएको छ । सो रिटको पेशी बुधबार तोकिएको सर्वोच्चले जनाएको छ ।
अनलाइन सञ्चारमाध्यम सञ्चालन (पहिलो संशोधन) निर्देशिका २०७४ मा अनलाइन सञ्चारमाध्यम दर्ता भएपछि नवीकरण गर्नुपर्ने व्यवस्था गरिएकोे छ । एकपटक दर्ता भइसकेका अनलाइन समयमा नवीकरण नगरे सूचना तथा प्रसारण विभागले दर्ता खारेज गर्ने व्यवस्था गरेको छ ।
नेपालको संविधान २०७२ ले समेत प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको छ । संविधानको धारा १७ ले स्वतन्त्रताको हक, धारा १८ ले समानताको हक, धारा १९, धारा २७ ले सूचनाको हक प्रदान गरेको छ । रिट निवेदक अधिवक्ता गिरीले संविधानले प्रदान गरेको अधिकारलाई कानून बनाएर व्यवस्थित गर्न सकिने बताए तर कानूनमै नभएको कुरा निर्देशिका जारी गरेर अङ्कुश लगाउन नहुने उनको भनाइ छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
दोस्रो स्थानमा उक्लियो बार्सिलोना
- 31 seconds ago

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले ओसासुनालाई पराजित गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।
ताज महलसँग जोडिएको अमर प्रेम कथा
- 13 minutes ago

एजेन्सी । भारतको उत्तर प्रदेशको आग्रामा रहेको ताज महलको निर्माण सन् १६५३ मा भएको हो । ताज महलको सबैभन्दा सुन्दर कुरा प्रेमसँग जोडिएको छ ।
बर्नली र आर्सनलबीचको खेल बराबरीमा सकियो
- 7 hours ago

एजेन्सी । शनिबार साँझ भएको प्रिमियर लिगमा आर्सनलले बर्नलीसँग एकएक गोलको बराबरी खेल खेलेको छ । बर्नलीको घरेलु मैदानमा भएका खेलमा आर्सनलले एक एक गोलको बराबरी खेल खेलेको हो ।
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
विचित्र विश्व
ताज महलसँग जोडिएको अमर प्रेम कथा

एजेन्सी । भारतको उत्तर प्रदेशको आग्रामा रहेको ताज महलको निर्माण सन् १६५३ मा भएको हो । ताज महलको सबैभन्दा सुन्दर कुरा प्रेमसँग जोडिएको छ ।