कोरोना कहरः ओमिक्रोनका कारण अमेरिकामा त्रास, विज्ञहरुले दिए चेतावनी
- सोमबार, ५ पुष, २०७८
- 6 months ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई लिएर विश्वभर भयावहको स्थिति रहेको छ । अमेरिकादेखि युरोपसम्म ओमिक्रोनका नयाँ बिरामीको संख्यामा ठूलो वृद्धि भएको छ ।
बेलायतका स्वास्थ्यमन्त्री साजिद जावेदले आफ्नो देशमा ६० प्रतिशत नयाँ संक्रमण ओमिक्रोनबाट भएको बताएका छन् । अमेरिकामा ह्वाइट हाउसका मेडिकल सल्लाहकार डा एन्थोनी फौसीले आगामी केही दिनमा ओमिक्रोनबाट संक्रमित बिरामीको संख्या डेल्टा भेरियन्टभन्दा बढी हुने बताएका छन्।
यसैबीच, नयाँ अनुसन्धानले हालका अधिकांश कोरोना खोपहरू ओमिक्रोन विरुद्ध प्रभावकारी नभएको पत्ता लगाएको छ।
कोरोनाविरुद्ध कुनै पनि औषधि पूर्ण रूपमा प्रभावकारी छैन। मिडिया रिपोर्टका अनुसार अहिले ओमिक्रोन आएपछि धेरै औषधि कम्पनीले हात उठाएका छन् ।
अमेरिकी अखबार यूएस टुडेका अनुसार विगत एक वर्षदेखि प्रयोग गरिँदै आएको रेजेनोर्न र एली लिलीको एन्टिबडी औषधिले ओमिक्रोनविरुद्ध आफ्नो प्रभाव देखाइरहेको छैन। दुवै कम्पनीले प्रारम्भिक अनुसन्धानले ओमिक्रोनबाट संक्रमित बिरामी निको नहुने देखाएको बताएका छन् ।
ओमिक्रोनसँग लड्न कुन औषधि प्रयोग गर्ने भन्ने बारेमा अहिले अनुसन्धान भइरहेको औषधी कम्पनीहरूले बताएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ओमिक्रोन ८९ देशमा फैलिएको बताएको छ। न्युज १८ बाट
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
एनआरटी मलेसिया प्रस्थान
- 1 minute ago

काठमाडौं । मलेसियाको पेनाङमा आयोजना हुने टुवान याङ टेरुतमा (टिवाइटी) कप फुटबल प्रतियोगितामा नेपालको ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी)ले भाग लिने भएको छ ।
क्यानडा जाने नेपाली टोलीको बिदाइ
- 6 minutes ago

स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लि
आचार्य गैह्रआवासीय राजदूत नियुक्त
- 12 minutes ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्यान्डका लागिसमेत गैह्रआवासीय राजदूत पदमा सोमबार नियुक्त गरेकी छन् ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।