ओमिक्रोन भेरियन्टबारे विश्व स्वास्थ्य संगठनले दियो यस्तो प्रतिक्रिया

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई लिएर विश्वभर त्रासको वातावरण छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा विभिन्न खबरहरु लगातार आइरहेका छन्  ।

 

यो भेरियन्ट बढी संक्रामक भएको र यसले मानिसलाई निकै छिटो सङ्क्रमण गरिरहेको बताइएको छ । विश्वभर फैलिएको यो डरका बीच विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई लिएर जारी रहेका सबै आशंकाको अन्त्य गरेको छ ।

 

विश्व स्वास्थ्य संगठनका एक उच्च अधिकारीले समाचार एजेन्सी ‘एएफपी’सँगको कुराकानीमा भनेका छन्,‘ओमिक्रोनलाई यसअघि देखा परेका कोरोनाका अन्य भेरियन्टहरूभन्दा खतरनाक र छिटो संक्रामक हुने मान्न सकिन्छ, तर, यसबारे कुनै ठोस जानकारी भने छैन।’

 

विश्व स्वास्थ्य संगठनका इमरजेन्सी डायरेक्टर माइकल रायनले भनेका छन्, ‘अहिलेसम्म त्यस्तो कुनै जानकारी भेटिएको छैन, जसको आधारमा ओमिक्रोन अत्यधिक संक्रामक हो भनेर भन्न सकिन्छ। 

 

उनले अगाडि भनेका छन्,‘ ओमिक्रोनलाई डेल्टा वा पहिले आएका अन्य भेरियन्टहरू भन्दा खतरनाक र घातक भन्न धेरै हतार हुनेछ।’

 

उनले भनेका छन्,‘जुन बेला कोरोनाको डेल्टा भेरियन्ट विश्वभर फैलिएको थियो, त्यो बेला कुनै पनि देशमा भ्याक्सिन थिएन । अब हामीसँग उच्च क्षमताका खोपहरू छन्, जसले कोरोनाका विभिन्न भेरियन्टमा राम्रो काम गरेको छ। अहिलेसम्म, ओमिक्रोन भेरियन्टमा खोपले काम गर्दैन भन्ने कुनै ठोस आधार देखिदैन।’


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

  • 7 minutes ago
रामेछाप बस दुर्घटनामा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु

  • 11 minutes ago
मिस्टर एण्ड मिस टिन वल्र्ड नेपालको दोश्रो संस्करण सुरु

काठमाडौँ । ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण सुरु भएको छ। आयोजक फेलिज इन्टरनेशनलले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगीताको आवदेन समेत खुल्ला भएको जनाएको हो।

बेँसीसहर–चामे सडक एक साता बन्द हुने

  • 12 minutes ago
बेँसीसहर–चामे सडक एक साता बन्द हुने

लमजुङ । बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो ।



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।