यो देशद्वारा ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु
- मंगलबार, १४ मंसिर, २०७८
- 7 months ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ ।
केन्द्रका अधिकारीहरुले कोरोनाभाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन् ।
उनीहरुले ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास चाडै नै हुने सक्ने विश्वास पनि व्यक्त गरेका छन् । ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास भएपछि ४५ दिनमै आम नागरिकलाई खोप उपलब्ध गराइने उनीहरुले बताएका छन् ।
अन्तर्राष्ट्रिय बजारलाई समेत पुग्नेगरी खोप उत्पादन गर्न सकिने उनीहरुको भनाई छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु
- 9 minutes ago

सिड्नी । अष्ट्रेलियामा बाढीका कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै लगातारको वर्षापछि आएको बाढीका कारण हजारौँ मानिस विस्थापित भएका छन् । विस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुल
चीनले क्यानडालाई भन्योः हङकङको मामिलामा हस्तक्षेप नगरियोस्
- 15 minutes ago

एजेन्सी । क्यानेडेली विदेशमन्त्री मेलानी जोलीले चीनले हङकङको स्वतन्त्रता दबाउँदै गएको दाबी गरेपछि बेइजिङले ओटावालाई हङकङको मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको छ।
एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउनुपर्छः ओली (भिडियो)
- 19 minutes ago
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सैन्य सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा बारे सत्यतथ्य कुरा बाहिर ल्याउनुपर्ने माग गरेका छन्। सोमबार प्रतिनिधि सभा
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।