ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । 

 

प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ्गलाई वरिष्ठ नेता माधव कुमार नेपालसंग छलफल गर्न पठाएका थिए । पौडेल , नेम्वाङ्ग र नेपालबीच सिंहदरबारमा छलफल भएपनि राजनीतिक विवादको समाधान निस्कन सकेन । 

 

बैठकमा पार्टी एकतालाई बलियो बनाएर लैजाने पुरानै कुरा  दुवै पक्षबाट राखियो तर समाधान केही निकालिएन । बैठकपछि संञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै उपनेता नेम्वाङ्गले पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्न भन्ने कुरा भएको तर देखिएका समस्यालाई टुंगोमा पुर्याउनका लागि ठोस आधारहरुका बारेमा फेरी छलफल गर्ने सहमति भएको बताए । आफुहरुलाई प्रधानमन्त्रीले नेता नेपालसंग छलफलका लागि पठाएको र प्रधानमन्त्रीको सन्देश राख्ने काम गरेको तथा नेता नेपालबाट आएका कुरालाई पनि प्रधानमन्त्री समक्ष पुराउने उनले बताए ।

 

उनले भने “प्रधानमन्त्री र माधव कुमार नेपाल बीच कुराकानी भएर, फोन सम्पर्क भएर तय भएको भेटघाट तय भएको हो । प्रधानमन्त्री जीले मलाई र विष्णु पौडेललाई माधव कमरेडसंग कुरा गर्न पठाउनुभएको हो । हामीले गम्भीरतापुर्वक अहिलेको पार्टीको समस्या र एकता सम्बन्धमा गम्भीर छलफल गर्यौ । धेरै खुलस्त कुरा गरियो । पार्टी अध्यक्ष ज्यूको चिन्ता र सरोकारको कुराहरु उहाँ समक्ष राख्यौ । सम्पुर्ण पार्टी पक्तिको चिन्ता र सरोकारका कुराहरु राख्यौ । उहाँले नि आफ्नो कुराहरु खुलस्त ढंगले हामीलाई सुनाउनुभयो । हामी ती कुराहरु पार्टी अध्यक्ष समक्ष पुराउँछौ । एउटा कुरा एकदमै सकारात्मक छ । त्यो भनेको पार्टी एकतालाई बलियो बनाएर लैजानु्पर्छ भन्ने कुरामा विवाद छैन । तर यसलाई देखिएका समस्याहरुलाई कसरी टुंगोमा पुर्याउने भन्ने हामी सबैको चिन्ता हो र कुराकानीमा पनि त्यो चिन्ता अभिव्यक्त भएको हामीले पायौं । यही सन्र्दभमा छलफल गरेर यसलाई भर्रसक चाँडो टुंगोमा पुराउने । यसलाई टुंगोमा पुर्याउनका लागि ठोस रुपमा के आधारहरु हुनसक्छ त्यसबारेमा सल्लाह गर्ने र फेरि पनि भेटघाट गरेर पार्टीलाई एकतावद्ध बनाउने भन्ने बारेमा हामी बीच कुराकानी भएको छ । फेरि भनेको तुरुन्तै आजै बेलुकी वा भोली बिहान पनि बस्न सकिन्छ । जहाँसंग राजीनामाको कुरा छ, त्यो चर्चा हो । त्यस्तो हामीलाई लाग्दैन र हामीले यो प्रसंग पनि उठाएका थियौ उहाँले पनि थाहा पाएको जस्तो गर्नुभएन । त्यसैले यो सबै चर्चाको कुरा हो ।”

 

सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले आईतबार पार्टी भित्रकै असन्तुष्ट समुह नेपाल–खनाल पक्षसंग छलफल गर्न महासचिव पौडेल र उपनेता नेम्वाङ्गलाई पठाएका थिए ।

 

यसैबीच अहिले नेता नेपालले आफ्ना पक्षका सांसदहरुसंग सिंहदरबारमा दुईपक्षीय, त्रिपक्षीय छलफल गरिरहेका छन् ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महानगरको नीति तथा कार्यक्रम पारित

  • 5 hours ago
महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

महाकालीमा खतराको सङ्केत

  • 5 hours ago
महाकालीमा खतराको सङ्केत

दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ ।

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

  • 5 hours ago
१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली



पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।