'सच्चा समाजसेवीले केही पनि लिँदैन'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । 

 

एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने सोचका साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।

 

“सच्चा समाजसेवी आफूले केही पनि लिँदैनन्, अरुको सेवा गर्छन्, समाजसेवाका नाममा हामीले के कति त्याग ग¥यौँ,  त्यो महत्वपूर्ण कुरा हो”, प्रधानमन्त्री ओलीले भने, “गैरसरकारी, सरकारी संस्थाले मात्र होइन, व्यक्तिले पनि बिल्कुल मानवीय भावनाले आफूले सक्दो सहयोग  गर्नुपर्छ ।” उहाँले समाजमा गरीबी हटाउने, मौलिक हक व्यवस्थापन गर्ने काम सरकारको भएको तथा  कहिलेकाहीँ सरकारको ध्यान नपुगेको र सामथ्र्यले धान्न नसकेका अवस्थामा सामाजिक संस्थाले गरेका काम महत्वपूर्ण भएको स्पष्ट पारे ।

 

प्रधानमन्त्रीले केही दिऊँ भन्ने र  सहयोगात्मक भावनाको विकास गर्ने तथा  त्यस्ता सहयोगी संस्थाको संयोजन र परिचालन परिषद्ले गर्नुपर्नेमा जोड दिए ।

 

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले  सरकारी तथा गैरसरकारी संस्थाले गलत काम गरे भन्ने गुनासो बढेकाले पञ्चायतकालीन ऐनलाई विघटन गर्दै एकीकृत ऐन ल्याउने तयारी भएको जानकारी दिए ।

 

परिषद्का सदस्य डा मणिराम बञ्जाडेले कोरोना भाइरसको सङ्क्रमणको रोकथामका लागि  गैरसरकारी संस्थाले रु दुई अर्ब सहयोग गरेको बताए । यस वर्ष ‘आजको प्राथमिकताः समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ समाजसेवा दिवस मनाइएको छ  ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

  • 4 hours ago
काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

  • 4 hours ago
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

काठमाडौँ । नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण

  • 4 hours ago
नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। त्यस्तै सक्रिय संक्रमितको संख्या ४०,७७८ पुगेको छ ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।