२५६ वर्ष उमेर, २४ विवाह र २०० सन्तान भएका यी को हुन् ?

Norvic Hospital

वेइजिङ—चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लि चिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् । 

 

उनले दाबी गरेअनुसार उनको जन्म सन् १७३६ मा भएको थियो भने उनीसँग सम्बन्धित तथ्यका अनुसार उनको जन्म सन् १६७७ मा भएको हुनसक्ने अनुमान गरिएको छ । तर उनको दाबी र तथ्यका आधारमा अनुमानित उमेर पनि अन्य सामान्य मानिसको भन्दा वर्षौं धेरै पाइएको छ ।

 

उनी आफैले दाबी गरेको जन्म मितिअनुसार उनको उमेर  १९७ वर्ष हुन आउँछ भने तथ्यमा आधारित अनुमानका अनुसार २५६ वर्ष थियो । 

 

उनको जन्म मितिका बारेमा ठ्याक्कै अभिलेख नभएका कारण वैज्ञानिकहरुले पनि उनको दाबीलाई खारेज गरिदिएका थिए । 

 

सिचुवान प्रान्तका बासिन्दा रहेका उनी आफ्नो जीवनका प्रायः समय डाँडाकाडा तथा पहाडी क्षेत्रमा बिताउँथे । जडिवुटी र भातबाट बनेको जाँड उनको मुख्य आहार थियो । 

 

करिब ७२ वर्षको उमेरमा लि सेनाका प्रान्तीय कामाण्डर जोङचाईका रणनीतिक तथा मार्सल आर्टका गुरुका रुपमा नियुक्त भएका थिए । 

 

मे ६ १९३३ मा  उनको मृत्यु भएको थियो । उनले जीवनभर २४ जनासँग विवाह गरेका थिए भने २०० बच्चा जन्माएका थिए । मृत्युको समय उनका बच्चाहरुको ११ पुस्ता पुगेको बताइन्छ । 

 

उनको मृत्युपछि उनका उत्तराधिकारीले उनको २५० वर्ष लामो जीवनका बारेमा पुस्तक लेखेका थिए । 

 

अहिलेसम्म पनि उनको जन्म मिति कहिले थियो भन्ने यकिन हुन सकेको छैन । सन् १९३० मा चेङ्दु विश्वविद्यालयका प्राध्यापक उ चुङ चेईले न्युयोर्क टाइम्समा प्रकाशित को सामाग्रिका अनुसार लिका बारेमा सन् १८२७ आर्थत लि १५० वर्षको हुँदादेखि सरकारले शुभकामना पठाउने गरेको  र १८७७ मा २०० औं वर्षको अवसरमा उनलाई सरकारले ब्यक्त गरेको शुभकामना सन्देशका बारेमा उल्लेख गरेका थिए । 

 

त्यस्तै सन् १९२८मा न्युओर्क टाइम्समै प्रकाशित अर्को समचारमा लिका छिमेकीको अन्तर्वार्ता समावेश गरिएको थियो । समाचारमा छिमेकीहरुले आफ्ना हजुरबुवाहरुले आफू केटाकेटी हुँदादेखि लि लाई चिन्ने गरेको बताउने गरेको बताएका थिए । 

 

इभिनिङ इन्डिपेण्डेन्टमा प्रकाशित सामाग्रीका अनुसार लामो जीवनको रहस्य उनले प्रयोग गर्ने आयुर्वेदिक औषधीमाथिको परिक्षण र प्रयोग रहेको बताइएको छ । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

  • 23 seconds ago
मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

कास्की । पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ ।

भक्तपुर ङालाकेगु जात्रा सुरु

  • 43 minutes ago
भक्तपुर ङालाकेगु जात्रा सुरु

भक्तपुर । नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछे

तनहुँ समाचारः सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

  • 1 hour ago
तनहुँ समाचारः सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

तनहुँ । तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा सेव



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।